यस्तो पनि
- यस्तो पनिअस्पतालमा मृतक श्रीमती छाडेर पति बेपत्ता
- यस्तो पनितीन हजार जित्ने होडमा ज्यान गयो
- यस्तो पनिआफैंले पालेको अजिङ्गरले ज्यान लियो
- यस्तो पनिएउटा कलमको मूल्य एक लाखभन्दा बढी

काठमाडौं, २९ मङ्सिर । सरसर्ती पढ्दा कुनै फिल्मको पटकथा जस्तो लाग्ने विषय वास्तविकतामा बदलिएको छ एक किसानका लागि । ती किसानले ठूलो जोखिम उठाउँदै ५ लाख रुपैयाँ ऋण लिएर प्याजको खेती गरेका थिए । सामान्य तलमाथि पर्दा उनी सडकमा पुग्थे वा सम्हालिन गाह्रो हुन्थ्यो । तर समय उनको लागि अनुकूल बनेर आयो र उनी करोडपतिमा बदलिए । घटना हो छिमेकी राष्ट्र भारतको बैंगलोर नजिकैका एक प्याजको खेती गर्ने किसानको । बेंग्लौर भन्दा करीब दुई सय किलोमिटर टाढा चित्रदुर्गा जिल्लाका ४२ वर्षीय किसान मल्लिकार्जून प्याजका कारण महिना दिनभित्रै करोडपति बनेका हुन् । उनले सुरुमा पाँच लाख ऋण लिएर प्याजको बिऊ छरेका थिए । ‘मैले जिवनकै सबैभन्दा ठूलो जोखिम लिएँ, मूल्यमा गिरावट आएको भए वा बालीमा मौसमी प्रकोपले असर गरेको भए मलाई कारोबारमा टिक्न गाह्रो हुन्थ्यो । तर प्याजले मेरो परिवारको भाग्य बदलेको छ,’ उनी आफ्नो सफलताको कथा यसरी सुनाउँछन् । टाइम्स अफ इन्डियामा प्रकाशित खबरका अनुसार मल्लिकार्जूनले जारी सिजनमा २४० टन प्याज उत्पादन गरेका छन् ।...