राजनीति
- राजनीतिआज मन्त्रिपरिषद बैठक बस्दै
- राजनीतिमहाराष्ट्र राजनीतिको नाटक
- राजनीतिविप्लव समूहका युवा सचिव पक्राउ

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महिला हिंसाको अन्त्यका लागि कडा दण्ड सजायको व्यवस्था हुनुपर्ने बताएका छन् । मंगलबार कांग्रेस पार्टी कार्यालय सानेपमामा ‘नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिस्ठान’ले महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले महिला हिंसा, बलत्कार तथा हत्या न्युनिकरणका लागि कानूनमै कडा व्यवस्था गरिनुपर्ने बताएका हुन् । उनले नेपाली कांग्रेसको विधानमा यस्तो गतिविधिमा सहभागि हुनेहरुलाई सदस्यता समेत लिन नपाउने व्यवस्था गरिएको बताए । उनले महिला हिंसा कम गर्न सरकारले काम नगरेपनि नेपाली कांग्रेसले गर्नुपर्ने बताए । कार्यक्रममा कांग्रेस महासचिव शशांक कोइरालाले महिला हिंसाविरुद्धको विषयलाई विद्यालयस्तरको पाठ्यक्रममै राखेर अगाडी बढ्नुपर्ने बताए । त्यस्तै कांग्रेस नेतृ आरजु देउवाले महिलामुखि एजेण्डाहरु नेपाली कांग्रेसले स्थापनाकालदेखि उठाउँदै आएको बताइन् । नेपाली कांग्रेसले समाजमा परिवर्तन...