लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीसहित चार दलको तयारी
बिहीबार, चैत ९, २०७९

दाङको महेन्द्र बहुमुखी क्याम्पसमा नेविसंघले जित्यो
बिहीबार, चैत ९, २०७९
दाङ । दाङको महेन्द्र बहुमुखी क्याम्पस घोराहीको स्ववियु निर्वाचन नेविसंघ विजयी भएको छ । एक जना सदस्य बाहेक सबै पदमा नेविसंघका उम्मेदवारले जितेका छन् । नेपाल विद्यार्थी संघका मनोज डिसी एक हजार ९६ मत प्राप्त गर्दै स्ववियु सभापति चुनिएका छन् ।

संसदीय समिति नबनाई अधिवेशन सकिने संकेत, सांसदहरु फुर्सदिला
बिहीबार, चैत ९, २०७९
काठमाडौं । मिनी संसद्का रूपमा चिनिने संसदीय समिति गठन नगरी संसद्को पहिलो अधिवेशन सकिने संकेत देखिएको छ । राज्य सञ्चालनका लागि कानुन बनाउने थलोका रूपमा रहेको संसद्ले अहिलेसम्म प्रतिनिधिसभा नियमावली पास गरेको छैन ।

मन्त्रालय भागबण्डा गर्न बसेको गठबन्धनको बैठकमा भएन सहमति
बुधबार, चैत ८, २०७९
काठमाडौं । सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालय भागबन्डामा गर्न बसेको बैठक विना निष्कर्ष टुंगिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमाबुधवार बेलुकी बसेको गठबन्धनको कुनै ठोस सहमति हुन नसकेको कांग्रेस नेता रमेश लेखकले बताए । उनका अनुसार आजको बैठकमा दलहरुबीच मन्त्रिपरिषद् विस्तारबारे प्रारम्भिक छलफल मात्रै भएको छ ।

बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई कांग्रेसले विश्वासको मत दिने, अर्को बैठक १० गते बस्ने
बुधबार, चैत ८, २०७९
काठमाडौं । नेपाली कांग्रेसले वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने भएको छ । कांग्रेस संसदीय दलको काठमाडौंमा बसेको बैठकले मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत दिने सर्वसम्मत निर्णय गरेको हो ।

दलित समुदायमाथिको विभेद र उत्पीडन अन्त्यसम्बन्धी संकल्प प्रस्ताव राष्ट्रियसभाबाट पारित
बुधबार, चैत ८, २०७९
काठमाडौं । दलित समुदायमाथिको विभेद र उत्पीडन अन्त्य गरी सामाजिक सांस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने सम्बन्धी संकल्प प्रस्ताव पारित भएको छ । राष्ट्रिय सभाको बुधबारको बैठकले अहिलेका कानुनको प्रभाव कार्यान्वयनका लागि सरकार जिम्मेवार बनाउन संकल्प प्रस्ताव पारित गरेको हो ।

प्रधानमन्त्रीको कार्यक्रममा प्रहरीले युवाको मुख थुनेको विषय संसदमा उठ्यो
बुधबार, चैत ८, २०७९
काठमाडौं । राष्ट्रिय सभा सांसद डा विमला राई पौड्यालले मंगलवार केही युवाहरुमाथि प्रहरीले बोल्न नदिएर मुख थुनेको विषयमा सरकारसँग जवाफ मागेकी छिन् । मंगलवार प्रधानमन्त्री प्रचण्ड ५८औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले बानेश्वरमा प्रधानमन्त्रीबिरुद्ध नाराबाजी गरेका थिए । जसमा प्रहरीले युवाहरुको मुख थुनेर बोल्न...

लुम्बिनी प्रदेशसभा सदस्य पुन माओवादी केन्द्रमै फर्किए
बुधबार, चैत ८, २०७९
तत्कालीन गठबन्धनका साझा उम्मेदवार तेजबहादुर वलीलाई हराउँदै उनी निर्वाचित भएका थिए । पुनले माओवादी केन्द्रबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका थिए । पुन फर्किएसँगै लुम्बिनीमा माओवादी केन्द्रका प्रदेशसभा सदस्यको सङ्ख्या ११ पुगेको छ ।

प्रधानमन्त्री प्रचण्डविरुद्ध कार्यक्रममै नाराबाजी
मंगलबार, चैत ७, २०७९
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी कार्यक्रममा विरुद्ध उनी नाराबाजी भएको छ । मंगलबार थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा आयोजित कार्यक्रममा तीनजना युवाले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन् ।
साताको लोकप्रीय