माओवादी नेता आङ्बोमाथि ताप्लेजुङमा आक्रमण प्रयास
मंगलबार, चैत ७, २०७९

सरकारलाई पूर्णता दिन संवाद सुरु भैसक्यो, प्रदेशमा पनि आलोपालो हुन्छ: प्रधानमन्त्री
मंगलबार, चैत ७, २०७९
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघ सरकारलाई पूर्णता दिने र प्रदेश सरकारलाई पनि आलोपालो प्रणालीबाट पुनर्गठन गर्ने विषयमा छलफल सुरु भएको बताएका छन ।
मंगलबार पालुङटार नगरपालिका–२ विमिरेमा पन्थडिही–कटहरे–हर्मी–साहिलीटार सडकको शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारलाई पूर्णता दिन नेपाली कांग्रेससहितका दलसँग मंगलबार बिहानदेखि वार्ता र संवाद सुरु भएको...

सरकारमा जाने तयारीका लागि एकीकृत समाजवादीले कार्यदल बनायो
मंगलबार, चैत ७, २०७९
काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा जाने विषयमा आवश्यक गृहकार्य गर्न तीन सदस्यीय कार्यदल बनाएको छ ।
मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल रहेको कार्यदल बनाएको हो ।

शक्तिको आडमा रवि लामिछानेलाई उन्मुक्ति दिएको भन्दै अख्तियारमा उजुरी, सर्वोच्च पनि जाने तयारी
मंगलबार, चैत ७, २०७९
काठमाडौं । राष्ट्रिय स्वत्नत्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेलाई शक्तिको आडमा राहदानी मुद्दामा उन्मुक्ति दिइएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ।
रविको नागरिकता र राहदानीबारे गृह मन्त्रालय हुँदै सर्वोच्च अदालतसम्म पुगेका युवराज सफलले जिल्ला प्रहरी परिसर काठमाडौं, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं, उच्च सरकारी वकिलको कार्यालय पाटन...

रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय
सोमबार, चैत ६, २०७९
प्रधानमन्त्रीलाई विश्वासको मत दिने सवालमा लामिछानेले आफ्नो मुद्दा नचलाउने निर्णय हुनुपर्ने लबिङ गरेका थिए । सोमबार पनि सभापति लामिछाने र संसदीय दलका कार्यवाहक नेता डोलप्रसाद अर्यालले प्रधानमन्त्री प्रचण्ड र महान्यायाधिवक्ता पोखरेललाई दबाब दिएका थिए । सोमबार अर्याल महान्यायाधिवक्ता पोखरेललाई भेट्न कार्यकक्षमै पुगेका थिए ।

जसपाकी मञ्जु शर्मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित
सोमबार, चैत ६, २०७९
आयोगले सोमबार विज्ञप्ति जारी गर्दै रिक्त रहेको मुस्लिम, महिला, समावेशी समूहबाट प्राथमिकताक्रमका आधारमा उनलाई निर्वाचित गरेको हो। बन्दसूचीको पहिलो नम्बरबाट सांसद बनेकी शहनाज रहमानको केही दिनअघि निधन भएको थियो।
उनको निधनपछि आयोगले बन्दसूचीको उक्त कलस्टरको दोस्रो नम्बरमा रहेकी शर्मालाई सांसद् निर्वाचित गरेको हो।

प्रतिनिधि सभाका रिक्त सबै ३ स्थानमा बैशाख १० मा उपचुनाव हुने
सोमबार, चैत ६, २०७९
काठमाडौं । निर्वाचन आयोगले रिक्त सबै तीन वटा निर्वाचन क्षेत्रमा बैशाख १० मै निर्वाचन गर्ने भएको छ । आयोगले चितवन क्षेत्र नम्बर २, तनहुँ १ र बारा २ मा पनि वैशाख १० मै उपनिर्वाचन गर्ने निर्णय गरेको छ। आयोगले सोमबार रिक्त रहेका स्थानमा हुने उपनिर्वाचनको मितिबारे जानकारी दिएको हो ।

अहिलेको गठबन्धन एकतावद्ध भएर जान्छ, ५ वर्ष टिक्छ : माधव नेपाल
सोमबार, चैत ६, २०७९
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धन ५ वर्ष नै टिक्ने दाबी गरेका छन् । सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
उनले अहिलेको गबठन्धन आगामी ५ वर्ष नै टिकेर देश विकास गर्ने र देशलाई समृद्धिको विकासतर्फ अग्रसर बनाउने बताए ।
साताको लोकप्रीय