मंगल ग्रहमा रुख रोप्ने तयारी

२० बैशाख, ऐजेन्सी । १९ फेब्रुअरीका दिन मंगल ग्रहमा जीवनका जीवाश्म खोज्ने मिसनमा पठाइएको 'पर्सिवरेन्स मार्स रोवर'ले ल्याण्ड गरेर इतिहास नै बनायो।
यस रोवरले मंगल ग्रहको 'जेजेरो क्रेटर'मा अवतरण गर्यो र यसले त्यहाँ विभिन्न अनुसन्धानमूलक कार्य आउँदो दश वर्षसम्म गरिरहने छ।
यसले एकत्रित गरेका माटो, ढुङ्गा,चट्टान,बालुवाका नमुना पृथ्वीमा ल्याउन नासाले दुई वर्षमै अर्को दुई वटा मंगल अभियानका रकेट पठाउने छ।
मंगलको धरातलमा यस अमेरिकी रोवरले अक्सिजन बनाउनुका साथै रुख रोप्ने काम पनि गर्छ।
यसका साथै अन्य विभिन्न वैज्ञानिक प्रयोग गर्नुका साथै यस रोवरले आफूसँग रहेको ड्रोन हेलिकाप्टर पनि उडाउने छ।
नासालाई आशा छ कि २०२५ सम्ममा मंगल ग्रहबाट पृथ्वीमा 'स्यामपल्स' आइपुग्ने छन् । यी 'स्यामपल्स'को अध्ययनले विगतमा कहिल्यै मंगल ग्रहमा कुनै प्रकारको जीवन भए/नभएको थाहा हुनेछ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९ १२:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय