बुधबार, वैशाख ५ गते २०८१
Logo
बुधबार, वैशाख ५ गते २०८१

सुन्दरी प्रतियोगिताका आयोजकले गरेको यौन हिंसा छानविन होस्

सुन्दरी प्रतियोगिताका आयोजकले गरेको यौन हिंसा छानविन होस्

साझा पोष्ट
शुक्रबार, जेठ ६ २०७९
  • images
    सुन्दरी प्रतियोगिताका आयोजकले गरेको यौन हिंसा छानविन होस्
    images
    सामाजिक संजालमा आइरहेको एकजना चेलीको केही वर्ष अगाडि उनीमाथी भएको यौन हिंसा बारेको खवरले सत्य केहो भनेर जिज्ञासा लाग्यो र त्यसबारे आएका सबै भिडियोहरु हेरें ।
    उनाको पीडा ! उनले भनेका हरेक शब्दमा सत्यता महसुस गरें ।एउटा भयावह घटनाका कारण उनले भोग्नु परेको क्रमिक परिणाम र मानसिक आवस्था ज्यादै जटिल र विक्षिप्त जस्तो उनको भनाइबाट प्रष्ट झल्किन्थियो ।महिला , बालबालिका र किसोरीहरु माथी हुने विभिन्न हिंसा र यौन हिंसाबारे का कानुन माथी प्रश्न उठेको छ !!
    जो साँच्चिकै पिडित छन ती घोर अन्यायमा परेको कतिपय घटनाले देखाएको छ ।अनि कतिले यसलाइ आफ्नो फाइदाका लागि हतियार बनाएको पनि देखा परेको छ ! खैर तेस्ता घटना कम होलान !! तर छन ।एकअर्कोसंग बाझ्ने खालका कानुनमा लेखिएका बुँदाहरुका कारण साच्चिकै अपराधिलाई फुत्किने अवसर प्राप्त भैरहेको कत्ती केशहरुमा देखिएको पनि छ । त्यसैले यसमा सूक्ष्म किसिमले पुनरावलोकन हुनुपर्छ र संशाेधन  हुनुपर्छ र यस्तो सम्वेदनशील विषयको कानुन प्रष्ट र कडा प्रकारको हुनुपर्छ ।
    आएदिन यस्ता घटना घटिरहेको छन ।काखे बालिका देखि बृद्ध अवस्थाका महिला सम्म सुरक्षित छैनन् , ज्यान नै गुमाउनु परेको आवस्था छ ।
    जुन हामीले खुलेआम हेर्नुपरिरहेको छ ।तर यो घटनाले के बताउछ भने भित्रभित्रै समाजमा यस्तो प्रबृत्ति बढदै गइरहेको छ , जसले झन् भयावह स्थिति सृजना गर्न सक्छ ।
    ती युवतीका अनुसार उनले यो कुरा भन्न डराइन ! अरु पुरुष साथीको सहारा मागिन ! ती सबैले के सल्लाह दिए भने दुनियाँले के भन्लान् ??
    अरुको जिन्दगी बर्बाद हुन्छ , इत्यादि ...
    म पनि एउटा युवा छोरीको आमा हुँ ।कामको सिलसिलामा , पढाइको सिलसिलामा बच्चाहरुलाई बाहिर पठाउनु पर्ने हुन्छ ।तर केभने जबसम्म उनीहरु १८ नाघ्दैनन  कसै न कसैको रेखदेखमा हुनैपर्छ । यो मेरो सबै अभिभावकलाई सुझाव हो । यो खबरले मनमा यति धेरै प्रश्न आयो कि निदाउन गाह्रो भयो !!
    समाजमा संमानजनक स्थान गुमाउने डरले !परिवारको इज्जतको डरले जसरी यी युवतीले आफ्ना अभिभावकबाट यो पीडा लुकाएर राखिन,कतै हाम्रा छोराछोरीले त त्यसै गरिरहेका छैनन ??त्यो गुम्साएको पिडाले उनी यो मानसिक अवस्थामा पुगिन !! ! त्यसैले आफ्नो अभिभावक नै तपाईंको सच्चा मित्र हुन ।दुइ दिन भेटेको मानिससंग रमाइलो त होला तर सही मार्गदर्शन गर्न र तपाईंको पीडा निकोपार्न सक्दैन । जे होस जसरी उनले हिम्मत गरेर आफ्ना कुरा बाहिर ल्याइन तेस बारे गहिरो छानबिन होस ।
    -अभिनेत्री मानन्धरले आफ्नो फेसबुकमा राखेको विचार

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार