बुधबार, वैशाख १२ गते २०८१
Logo
बुधबार, वैशाख १२ गते २०८१

मन पराइयो ‘चिसो मान्छे’ को ट्रेलर, सामाजिक सञ्जालमा चर्चा

मन पराइयो ‘चिसो मान्छे’ को ट्रेलर, सामाजिक सञ्जालमा चर्चा

साझा पोष्ट
सोमबार, जेठ ९ २०७९
  • images
    मन पराइयो ‘चिसो मान्छे’ को ट्रेलर, सामाजिक सञ्जालमा चर्चा
    images
    काठमाडौं । आउँदो महिना असार ३ गतेबाट प्रदर्शनमा आउने फिल्म 'चिसो मान्छे'को ट्रेलरलाई दर्शकले मन पराएका छन् । 'पशुपति प्रसाद' र 'आमा' जस्ता सुपरहिट फिल्म बनाएका दीपेन्द्र कुमार खनालले निर्देशन गरेको फिल्मको ट्रेलरलाई सार्वजनिक भएको १२ घण्टामा युट्युवमा मात्रै २ लाख बढीले हेरेका छन् । दर्शकले अर्गानिक कथाको नेपाली फिल्म भन्दै सकारात्मक प्रतिक्रिया दिएका छन् । यस्तै फिल्मकर्मी, संंचारकर्मी लगायतले सामाजिक सञ्जालमा ट्रेलरको  चर्चा गरेका छन् । खासगरि नायिका स्वस्तिमा खड्काको लुक्स र अभिनयको सबैले तारिफ गरेका छन् । कर्णालीको जीवन, त्यहाँको रहनसहन, श्रीमान वैदेशिक रोजगारमा गएपछिको भोगाइ र स्वस्तिमाको संघीय राजधानी काठमाडौँसम्मको यात्रालाई समेटेर चलचित्र तयार पारिएको छ । ट्रेलरमा अर्पण थापा र देशभक्त खनाल पनि अटाएका छन । विदेशबाट आएको शवलाई गाउँ पु¥याउने यात्रा फिल्ममा देखाइने छ । कार्यक्रममा अभिनेत्री खडकाले विभिन्न किसिमका महिलाहरुको परिचय दिने बताइन ।  त्यस्तै अभिनेता विपिन कार्कीले निर्देशकले नयाँ आयाममा फिल्म बनाएको भन्दै निर्देशक दीपेन्द्र के खनालको प्रशंसा गरे। फिल्मलाई डीएस डिजिटल प्रालिको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गरेकी हुन । फिल्ममा निर्देशक खनालकै लेखन र छायांकन समेत रहेको छ । दीर्घ खडकाले सम्पादन गरेको फिल्ममा आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, झकेन बीसी, सञ्जोग रसाइली लगायतका कलाकारले पनि अभिनय गरेका छन । https://www.youtube.com/watch?v=ZqUVi_ZEIvU

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार