बिहीबार , चैत १५ गते २०८०
Logo
बिहीबार , चैत १५ गते २०८०

तुलसीपुरको मेयर-उपमेयरमा एमाले विजयी, ११ उपमहानगरमध्ये एमाले तीनवटामा सीमित

तुलसीपुरको मेयर-उपमेयरमा एमाले विजयी, ११ उपमहानगरमध्ये एमाले तीनवटामा सीमित

साझा पोष्ट
बुधबार, जेठ ११ २०७९
  • images
    तुलसीपुरको मेयर-उपमेयरमा एमाले विजयी, ११ उपमहानगरमध्ये एमाले तीनवटामा सीमित
    images
    काठमाडौं । तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी भएको छ । मेयरमा ३१ हजार ४ सय ८ मत प्राप्त गरेर टिकाराम खड्का निर्वाचित भएका छन् । उनका निकतम प्रतिद्धन्दी कांग्रेसका गेहेन्द्र गिरीले २७ हजार ७ सय १७ मत प्राप्त गरे । एमालेका पूर्व जिल्ला अध्यक्ष खड्का अन्तरसंघर्षका बेला माधव नेपाल निकट मानिन्थे । लामो समयदेखि राजनीतिमा क्रियाशील भए पनि उनले सत्ताको लाभ भोग्न पाएका थिएनन् । कांग्रेस केन्द्रीय सदस्य गिरी २०७४ को निर्वाचनमा पनि मेयरमा पराजित भएका थिए ।
    उपप्रमुखमा एमालेकी स्यानी चौधरी ९ हजार ५ सय ३२ मतान्तरले विजयी भइन । उनले ३० हजार ५ सय ९७ मत पाइन । नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानाले २१ हजार ६५ मत प्राप्त गरे । चौधरी सामाजिक काममा पनि सक्रिय थिइन । राना समाजवादीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज हुन् । निर्वाचनमा पराजय भोगेपछि उनले पार्टीको पदबाट राजीनामा दिएका छन् ।
    एमालेले तुलसीपुरमा २, ३, ६, ८, १०, ११, १३, १५, १८ र १९ नम्बर वडा जितेको छ । कांग्रेसले ५, ७, ९, १४, १७ र माओवादी केन्द्रले १, ४ र १२ नम्बर वडा जितेको छ । १६ नम्बर वडा भने स्वतन्त्र उम्मेदवारले जितेका छन् । महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङका दुबै उपमहानगर एमालेले जितेको छ । जिल्लाका १० स्थानीय तहमध्ये अन्य सबैमा भने एमाले पराजित भएको छ । एमालेले जिल्लामा पहिले जितेका चार पालिका गुमाएको छ भने कांग्रेस र माओवादी केन्द्रले दुई/दुई पालिका थपेका छन् । एमालेले ११ मध्ये तीन उपमहानगरमा जित निकालेको छ । यसअघि एमालेले घोराही र कलैया उपमहानगरमा जितेको थियो ।  महानगरमा भने उसले सबैतिर पराजय भोगेको छ ।

    प्रतिक्रिया हरु
    थप समाचार