बुधबार, वैशाख १२ गते २०८१
Logo
बुधबार, वैशाख १२ गते २०८१

एक हप्ता भित्र सम्पत्ति विवरण सार्वजनिक गर्न पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई समाजवादीको निर्देशन

एक हप्ता भित्र सम्पत्ति विवरण सार्वजनिक गर्न पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई समाजवादीको निर्देशन

साझा पोष्ट
बुधबार, जेठ ११ २०७९
  • images
    एक हप्ता भित्र सम्पत्ति विवरण सार्वजनिक गर्न पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई समाजवादीको निर्देशन
    images
    काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) ले स्थानीय तह निर्वाचनमा पार्टीबाट जितेका जनप्रतिनिधिलाई एक साताभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । महासचिव बेदुराम भुसालले बुधबार  सर्कुलर जारी गर्दै पार्टीका तर्फबाट उम्मेदवार बनेर जितेकाहरूलाई जेठ १७ गतेसम्म सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन गरेका हुन् । जनताले ठूलो विश्वास गरी मत दिएकाले जनताको विश्वासप्रति सधैँ इमानदार रहन समाजवादीले आफ्ना जनप्रतिनिधिलाई भनेको छ । ‘जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्नुहोला। निर्वाचनका बेला जनसमक्ष गरेको वाचालाई कहिल्यै नभुल्नुहोला । ' सर्कुलरमा भनिएको छ। एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी यसपालि पहिलो पटक निर्वाचनमा सहभागी भएको हो। सत्ता गठबन्धनमा रहेको समाजवादीले पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिकाको मेयर जितेको छ। यो पाटीबाट देशभर प्रमुख पदमा २० जना र उपप्रमुख पदमा २४ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । सम्पत्ति विवरण सार्वजनिक गर्ने कामको अनुगमन गर्न सम्पूर्ण जिल्ला कमिटीलाई पनि निर्देशन गरिएको छ । एकीकृत समाजवादीले काूनको परिधिमा रहन, भ्रष्टाचार र निजी स्वार्थबाट मुक्त रहन पनि भनेको छ । ‘ऐन तथा कानुनहरूको परिधिमा रहेर इमान्दारीता र कर्तव्य निष्ठाताका साथ जनताको सेवा गर्नुहोला । ' सर्कुलरमा भनिएको छ– निजी स्वार्थ, अनिमियतता र भ्रष्टाचारबाट मुक्त रहदै स्वच्छ एवं सादा जीवन शैली र असल आचरणको अवलम्बन गर्नुहोला । सम्बन्धित पार्टी कमिटीका निर्णय र निर्देशनको पालना गर्नुहोला ।’  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार