मंगलबार, वैशाख ४ गते २०८१
Logo
मंगलबार, वैशाख ४ गते २०८१

यस्तो छ काठमाडौं महानगरको अन्तिम परिणाम, बालेनलाई कोटेश्वर क्षेत्रबाट सबैभन्दा धेरै मत

यस्तो छ काठमाडौं महानगरको अन्तिम परिणाम, बालेनलाई कोटेश्वर क्षेत्रबाट सबैभन्दा धेरै मत

साझा पोष्ट
बिहीबार , जेठ १२ २०७९
  • images
    यस्तो छ काठमाडौं महानगरको अन्तिम परिणाम, बालेनलाई कोटेश्वर क्षेत्रबाट सबैभन्दा धेरै मत
    images
    काठमाडौं । काठमाडौं महानगरपालिकाको अन्तिम मत परिणाम घोषणा भएको छ । मेयरमा बालेन शाह अत्यधिक मत ल्याएर विजयी भएका छन् । चुनावअघि धेरै चुरीफुरी देखाएका नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई मतदाताले तेस्रो स्थानमा पुर्‍याइदिएका छन् । दोस्रो स्थानमा कांग्रेसकी सिर्जना सिंह आएकी छन् । बालेनले ६१ हजार ७६७ मत पाउँदा दोस्रो स्थानकी सिंहले ३८ हजार ३४१ र स्थापितले ३८ हजार १४१ मत पाएका छन् । सिंह भन्दा बालेनले २३ हजार ३३५ बढी मत ल्याएका छन् । बालेनले पाएको मत करिव ३२ प्रतिशत हो । बालेनलाई कोटेश्वर क्षेत्रबाट सबैभन्दा बढी भोट आएको छ । एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको घर समेत रहेको ३२ नम्वर वडा उक्त क्षेत्रमा पर्छ । त्यहाँबाट उनलाई ४६ प्रतिशत मत आएको छ । अनुमान अनुसार नै चौथो स्थानमा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमी आएका छन् । उनले १३ हजार ७७० मत पाए । महानगरमा करिव १६ प्रतिशत मत बदर भएको छ । ३२ वडामध्ये कांग्रेसले १९ वडामा जित हासिल गरेको छ । यसले नगर कार्यपालिकामा कांग्रेसको बहुमत भएको छ । एमाले १२ वटामा सिमित भएको छ । एउटा वडा भने एकीकृत समाजवादीले जितेको छ । महानगरको अन्तिम परिणामपछि सुदीप पौडैल र अशोक श्रेष्ठले तयार पारेको यो सिटले कुन वडामा कसले कति मत पायो भन्ने समेत देखाउँछ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार