बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

प्रदेश एकका जिल्ला सदरमुकामको नतिजा : एमाले ९ बाट दुईमा झर्‍यो, कांग्रेसको फड्को

प्रदेश एकका जिल्ला सदरमुकामको नतिजा : एमाले ९ बाट दुईमा झर्‍यो, कांग्रेसको फड्को

साझा पोष्ट
शनिबार, जेठ १४ २०७९
  • images
    प्रदेश एकका जिल्ला सदरमुकामको नतिजा : एमाले ९ बाट दुईमा झर्‍यो, कांग्रेसको फड्को
    images
    काठमाडौं । प्रदेश एकमा १४ वटा जिल्ला छन् । जिल्ला सदरमुकाम रहेका पालिकामा गत चुनावमा नेकपा एमालेको बर्चस्व थियो । उसले नौ वटा सदरमुकाम जितेको थियो । कांग्रेस पाँचमा सिमित थियो । तर यो पटक भने एमाले २ वटामा झरेको छ । कांग्रेसले अहिले ११ वटा जितिसकेको छ । एउटामा अगाडी छ । कांग्रेसले पहिले जितेका सदरमुकाम कायमै राखेर पाँचवटा थपिसकेको छ । यस आधारमा प्रदेशमा एमालेलाई ठुलो क्षति भएको छ । कांग्रेसले यो पटक ताप्लेजुङ, ईलाम, झापा, संखुवासभा, ओखलढुंगा र खोटाङ सदरमुकाम एमालेबाट खोसेको छ । उदयपुर सदरमुकाम पनि जित्ने अवस्थामा छ । एमालेले धनकुटा र तेह्रथुम सदरमुकाम मात्रै बचाएको छ । धनकुटा त उसले जम्मा १४ मतान्तरले जितेको हो । कांग्रेसले पहिले जितेका पाँचथर, मोरङ, सुनसरी, भोजपुर र सोलुखुम्बु जिल्ला सदरमुकाममा यसपटक पनि सफलता पाएको छ । प्रदेशभरी माओवादी केन्द्रले पहिले कुनै सदरमुकाम जितेको थिएन । यो पटक पनि सफल भएन । त्रियुगा पनि जित्यो भने कांग्रेसले १२ सदरमुकाममा बर्चस्व बनाउनेछ । प्रदेशका सबै जिल्ला सदरमुकामको पहिले र अहिलेको अवस्था हेरौं । ताप्लेजुङ-फुङलिङ नगरपालिका- अहिले कांग्रेस । अघिल्लो पटक एमाले । पाँचथर-फिदिम नगरपालिका- दुबै पटक कांग्रेस । ईलाम नगरपालिका- अहिले कांग्रेस । अघिल्लो पटक एमाले । झापा-भद्रपुर नगरपालिका - अहिले कांग्रेस । अघिल्लो पटक एमाले । मोरङ-विराटनगर महानगरपालिका- दुबै पटक कांग्रेस । सुनसरी-इनरुवा नगरपालिका- दुबै पटक कांग्रेस । धनकुटा नगरपालिका-दुबै पटक एमाले । संखुवासभा-खाँदबारी नगरपालिका- अहिले कांग्रेस । अघिल्लो पटक एमाले । भोजपुर–भोजपुर नगरपालिका- दुबै पटक कांग्रेस । तेह्रथुम-म्याग्लुङ नगरपालिका - दुबै पटक एमाले । ओखलढुङ्गा- शिद्धिचरण नगरपालिका – अहिले कांग्रेस । पहिले एमाले । खोटाङ-दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका- अहिले कांग्रेस । पहिले एमाले । सोलुखुम्बु-सोलु दुधकुण्ड नगरपालिका-दुबै पटक कांग्रेस । उदयपुर-त्रियुगा नगरपालिका-मतगणना जारी । कांग्रेसको अग्रता । अघिल्लो पटक एमाले । यो पनि पढ्नुस् http://जिल्लाका मुकाममा पनि एमालेलाई धक्का, बागमतीका १३ जिल्लाको पहिले र अहिलेको अवस्था हेरौं

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार