बिहीबार , चैत १५ गते २०८०
Logo
बिहीबार , चैत १५ गते २०८०

कान्समा पहिलो पटक नेपाली फिल्मले अवार्ड जित्यो

कान्समा पहिलो पटक नेपाली फिल्मले अवार्ड जित्यो

साझा पोष्ट
शनिबार, जेठ १४ २०७९
  • images
    कान्समा पहिलो पटक नेपाली फिल्मले अवार्ड जित्यो
    images
    काठमाडौं । विश्व प्रसिद्ध कान्स फिल्म फेस्टिबलमा पहिलो पटक नेपाली फिल्मले अवार्ड जितेको छ । फ्रान्समा भएको ७५ औं फेस्टबलमा लघु फिल्म विधानमा नेपाली फिल्म लोरीले अवार्ड जितेको हो । अविनाश विक्रम शाहले निर्देशन गरेको नेपाली लघु चलचित्र ‘लोरी’ ले ‘द स्पेशल मेन्सन अवार्ड इन सर्ट फिल्म’ अवार्ड हात पारेका हो । अविनाश विक्रम शाहको ‘लोरीस् मेलान्कोली अफ माइ मदर्स लुलेबिज’ यस वर्ष कान्स फेस्टिभलको ७५ औँ संस्करणमा सर्ट फिल्म पाल्मे डी’ओर विधाका लागि छनोट भएका नौ सर्ट फिल्ममध्ये परेको हो । यस वर्ष आफ्नो ७५ औँ वार्षिकोत्सव मनाउन लागिएको कान्स फेस्टिभलमा १४० देशका ३ हजार ५०७ एन्ट्रीबाट छनोट भएको ‘लोरी’ पहिलो नेपाली चलचित्र हो । १४ मिनेटको यो चलचित्रले नेपालमा पितृसत्तात्मक समाज अन्तर्गत रहेका सामाजिक विकृतिहरूको खोजी गर्दछ ।  

    प्रतिक्रिया हरु
    थप समाचार