शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

लुम्बिनी प्रदेशका जिल्ला सदरमुकाम: कांग्रेस र जसपा फाईदामा जाँदा एमाले र राप्रपालाई घाटा

लुम्बिनी प्रदेशका जिल्ला सदरमुकाम: कांग्रेस र जसपा फाईदामा जाँदा एमाले र राप्रपालाई घाटा

साझा पोष्ट
आइतबार, जेठ १५ २०७९
  • images
    लुम्बिनी प्रदेशका जिल्ला सदरमुकाम: कांग्रेस र जसपा फाईदामा जाँदा एमाले र राप्रपालाई घाटा
    images
    काठमाडौं । लुम्बिनी प्रदेशमा १२ वटा जिल्ला छन् । ती जिल्लाका सदरमुकाम मध्ये दुईवटा उपमहानगर छन् । एउटा गाउँपालिका छ भने बाँकी सबै नगरपालिका हुन् । स्थानीय चुनावमा १२ मध्ये पाँचवटा सदरमुकाममा नेपाली कांग्रेस विजयी भएको छ । एमाले र माओवादीले समान ३-३ सदरमुकाम जितेका छन् भने एकमा जनता समाजवादी पार्टीले बाजी मारेको छ । अघिल्लो पटक कांग्रेस र एमालेले ४-४, माओवादीले तीन तथा राप्रपाले एक सदरमुकाममा जित निकालेका थिए । यसरी हेर्दा कांग्रेसले एउटा थपेको छ भने एमाले र राप्रपाले गुमाएका छन् । जसपा पनि फाईदामा गएको छ । कांग्रेसले पहिले जितेकामध्ये अर्घाखाँची, नवलपरासी र कपिलवस्तुको सदरमुकाम यसपटक गुमाएको छ । तर उसले गुल्मी, पाल्पा र रुपन्देहीको सदरमुकाम एमालेबाट खोसेर त्यसको भरपाई गरेको छ । त्यसवाहेक कांग्रेसले बाँके सदरमुकाम पनि राप्रपाबाट खोसेको छ । उसले पहिले जितेका मध्ये वर्दियाको गुलेरिया नगरपालिका मात्रै बचाउन सकेको छ । एमालेले पहिले जितेको रेसुङ्गा, तानसेन र सिद्दार्थनगर नगरपालिका यसपटक गुमाएको छ । तर उसले रामग्राम र सन्धिखर्क नगरपालिका भने कांग्रेसबाट खोस्न सफल भएको छ । उसले पहिले जितेको दाङको घोराही उपमहानगर मात्रै बचाउन सक्यो । जसपाले कपिलवस्तु नगरपालिका कांग्रेसबाट खोसेको छ । माओवादीले भने प्युठान, रोल्पा र पूर्वी रुकुमको सदरमुकाम जितेर पुरानै हैसियत कायम राखेको छ । लुम्बिनी प्रदेशका १२ जिल्ला सदरमुकाममा २०७४ र २०७९ सालको परिणाम हेरौं । गुल्मी-रेसुङ्गा नगरपालिका- यसपटक कांग्रेस । अघिल्लो पटक एमाले । पाल्पा-तानसेन नगरपालिका- यसपटक कांग्रेस । अघिल्लो पटक एमाले । रुपन्देही-सिद्धार्थनगर नगरपालिका- यसपटक कांग्रेस । अघिल्लो पटक एमाले । अर्घाखाँची-सन्धिखर्क नगरपालिका- यसपटक एमाले । अघिल्लो पटक कांग्रेस । कपिलवस्तु नगरपालिका - यसपटक जनता समाजवादी पार्टी। पहिले कांग्रेस । प्युठान नगरपालिका - दुबै पटक एकीकृत माओवादी । रोल्पा नगरपालिका - दुबै पटक एकीकृत माओवादी । दाङ-घोराही उपमहानगरपालिका - दुबै पटक एमाले । बर्दिया - गुलरिया नगरपालिका- दुबै पटक कांग्रेस । बाँके- नेपालगंज उपमहानगरपालिका - पहिले राप्रपा । यसपटक कांग्रेस । नवलपरासी पश्चिम- रामग्राम नगरपालिका- पहिले कांग्रेस । अहिले एमाले । पूर्वी रुकुम– सिस्ने गाउँपालिका- दुबै पटक माओवादी । यो पनि पढ्नुस् http://प्रदेश एकका जिल्ला सदरमुकामको नतिजा : एमाले ९ बाट दुईमा झर्‍यो, कांग्रेसको फड्को http://जिल्लाका मुकाममा पनि एमालेलाई धक्का, बागमतीका १३ जिल्लाको पहिले र अहिलेको अवस्था हेरौं

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार