शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

जिल्ला समन्वय समिति गठन गर्न कुन दल कति शक्तिशाली ! (जिल्लागत विवरणसहित)

जिल्ला समन्वय समिति गठन गर्न कुन दल कति शक्तिशाली ! (जिल्लागत विवरणसहित)

साझा पोष्ट
आइतबार, जेठ १५ २०७९
  • images
    जिल्ला समन्वय समिति गठन गर्न कुन दल कति शक्तिशाली ! (जिल्लागत विवरणसहित)
    images
    गत बैशाख ३० गते सम्पन्न ७ सय ५३ स्थानीय तहमध्ये ७५२ वटा तहको मत परिणाम सार्वजनिक भइसकेको छ । योसँगै अब कुन जिल्लामा कुन–कुन पार्टीले जिल्ला समन्वय समिति बनाउन सक्ने भन्ने राजनीतिक समीकरण सुरू भएको छ । ७७ जिल्लामध्ये नेपाली कांग्रेसले १५, नेकपा एमालेले ११ र नेकपा माओवादी केन्द्रले ४ गरी ३० जिल्लामा एक्ला एक्लै जिल्ला समन्वय समिति बनाउन सक्ने अवस्था देखिएको छ । कांग्रेसले सोलुखुम्बु, सुनसरी, धनुषा, सर्लाही, काठमाडौं, ललितपुर, बागलुङ, दाङ, बर्दिया, बाँके, मुगु, अछाम, कञ्चनपुर, डडेलधुरा र डोटीमा एक्लै जिल्ला समन्वय समिति जिसस गठन गर्न सक्ने भएको छ । यी जिल्लाहरुमा कांग्रेस एक्लैको बहुमत पुग्ने गरि स्थानीय तहका पदाधिकारी निर्वाचित भएका छन् । एमालेले धनकुटा, झापा, मोरङ, कास्की, नवलपरासी पूर्व, अर्घाखाँची, मुस्ताङ, म्याग्दी, लमजुङ, बाजुरा र पाल्पा गरी ११ जिल्लामा एक्लै जिल्ला समन्वय समिति गठन गर्न सक्नेछ । माओवादी केन्द्रले भने गोरखा, रुकुम पूर्व, रुकुम पश्चिम र रोल्पामा एक्लै जिसस गठन गर्ने गरि मत पाएको छ । यसपालीको स्थानीय निर्वाचनमा ३२८ पालिकाका जितेर कांग्रेस पहिलो, २०५ पालिका जितेर एमालेले दोस्रो, १२१ पालिका जितेर माओवादी केन्द्र तेस्रो, ३० वटा पालिका जितेर जनता समाजवादी पार्टी चौथो, २० वटा पालिका जितेर एकीकृत समाजवादी पार्टी पाँचौं र लोकतान्त्रिक समाजवादी पार्टीले १६ वटा पालिका जितेर छैठौं स्थान हासिल गरेका छन् । कांग्रेसबाट १४० नगर प्रमुख, ११० नगर उपप्रमुख, १८८ अध्यक्ष, १९० उपाध्यक्ष, दुई हजार ६६१ वडाध्यक्ष, दुई हजार ६०० महिला सदस्य, दुई हजार ५४७ दलित महिला र वडा सदस्य पाँच हजार ३०१ निर्वाचित भएका छन् । एमालेबाट ८२ नगर प्रमुख, ११३ नगर उपप्रमुख, १२३ अध्यक्ष, १२६ उपाध्यक्ष, दुई हजार १२७ वडाध्यक्ष, दुई हजार ३४० महिला सदस्य, दुई हजार २८५ दलित महिला सदस्य र चार हजार ६७६ वडा सदस्य निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट नगर प्रमुखमा २५, नगर उपप्रमुखमा ३३, पालिका अध्यक्षमा ९६, उपाध्यक्षमा ९५, वडाध्यक्षमा एक हजार ५३, महिला सदस्यमा ९६३, दलित महिला सदस्य ९७३ र वडा सदस्यमा एक हजार ८०६ निर्वाचित भएका छन् । यसपटक ३० जिल्लाका जिल्ला समन्वय समितिमा कांग्रेस, एमाले र माओवादी केन्द्रको एकल बर्चश्व हुने भएको छ । बाँकी ४७ जिल्लामा भने एक दलले अर्को दलको साध लिएर समन्वय समिति गठन गर्न सक्ने मत परिणामले देखिएको छ । जिल्लाहरुको राजनीतिक समिकरण हेर्दा र सत्तासिन दलहरु कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा गठबन्धन भएर एक ठाउँमा उभिए भने जिसस गठन गर्दा एमालेले वढीमा १५ वटा मात्रै जिल्लामा जिसस गठन गर्न सक्छ । अन्य जिल्लामा गठबन्धन दलको जिल्ला समन्वय समिति बन्न सक्छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार