शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

'तडप तडपके इस दिल से आह निकलती रही' गाउने गायक अब रहेनन्

'तडप तडपके इस दिल से आह निकलती रही' गाउने गायक अब रहेनन्

साझा पोष्ट
मंगलबार, जेठ १७ २०७९
  • images
    'तडप तडपके इस दिल से आह निकलती रही' गाउने गायक अब रहेनन्
    images
    काठमाडौं । भारतका चर्चित गायक केके उर्फ कृष्ण कुमार कुन्नथको हृदयघातका कारण निधन भएको छ । कोलकातामा एक कन्सर्ट गरे लगत्तै अचानक अस्वस्थ भएपछि उनी ढलेका थिए । नजिकैको अस्पताल पुर्‍याउँदा चिकित्सकले केकेलाई मृत घोषणा गरेका थिए । ५३ वर्षिय गायक केकेको हृदयघातका कारण मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् । यद्यपी यसबारे पोष्टमार्टमपछि बल्ल स्पष्ट हुनेछ । ९० को दशकमा बलिउडमा राज गरेका केकेले हजारौं गीत गाएका थिए । यस्तै उनी थुप्रै पुरस्कारबाट सम्मानित पनि भएका थिए । उनी दक्षिण भारतीय गायनमा पनि लोकप्रिय थिए । तडप तडपके इस दिल से आह निकलती रही, खुदा जाने, इट्स द टाइम टू डिस्को, और कोही कहे कहता रहे जस्ता दर्जनौ गीतका कारण केके लोकप्रियताको शिखरमा पुगेका थिए । के के यस्ता स्टार थिए जसका गीत कहिले पुरानो हुँदैनन् भनिन्छ ।  उनको निधनमा बलिउड शोकमा डुबेको छ ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार