सपनामा यी २५ चिज देख्नुभयो भने शुभ फल प्राप्त हुन्छ

काठमाडौं । भनिन्छ, सपनाले भावी दिनको संकेत गर्छ । धर्मशास्त्रहरुमा विश्वास गर्ने हो भने, कतिपय सपना त्यस्तो समयमा देखिन्छ, जुनबेला हाम्रो आत्मा र मस्तिष्क भगवानको समिपमा पुगेको हुन्छ । यस्तो बेला देखिने सपनाहरु जस्ताकोतस्तै मिल्छन् । वैज्ञानिकहरु पनि सपनाले कुनै न कुनै कुराको संकेत गर्ने कुरासँग सहमत छन् । वैज्ञानिकहरुले सपनालाई अवचेतन मनको कल्पनाको रुपमा व्याख्या गर्छन् ।
आज हामीले हिन्दू धर्मशास्त्र र ज्योतिषीय मान्यताअनुसार कस्तो सपना देख्दा कस्तो फल प्राप्त हुन्छ, भन्ने कुरा यहाँ प्रस्तुत गरेका छौं ।
यी २५ चिज सपनामा देख्नु लाभदायक हुन्छ:
सपनामा हात्ती देखेमा धन वा पुत्र लाभ हुन्छ । हात्तीमा बसेको देखेमा भूमीमा गाडिएको धन प्राप्त हुनसक्छ । सेतो रंगको हात्ती सपनामा देखेमा कल्याणकारी फल मिल्छ । सेतो सर्पले डसेको देखेमा धनलाभ हुन्छ । माछा देखेमा धेरै शुभ हुन्छ । मछुवारेकहाँ माछा देखेमा धनलाभ हुन्छ । चरा उडिरहेको देखेमा धन लाभ हुन्छ । हाँस देखेमा शुभ फल प्राप्त हुन्छ । सिंहमा चढेको देखेमा धन, बल, विर्य र शौर्यको वृद्धि हुन्छ । सपनामा उँट देखेमा अपार धन प्राप्ति हुन्छ । घोडा देखेमा संकट नास हुन्छ । आपत्तीबाट छुटकारा मिल्छ । घोडा चढेको देखेमा ठूलो पद पाईन्छ । प्रमोशन हुन्छ । मोटो गाई वा गोरु देखेमा लाभ मिल्छ । सन्तान प्राप्ति हुन्छ । जरायो देखेमा चिताएको पुग्छ । उत्तम फल मिल्छ । बाख्रा देखेमा उच्च फल प्राप्त हुन्छ । जुका वा बिच्छि देखेमा धन, पुत्र वा विजय प्राप्त हुन्छ । घोडी, कुखुरी वा कर्याङकुरुङको पोथी देखेमा राम्री श्रीमती प्राप्त हुन्छ । सूर्य उदाएको देखेमा धन लाभ तथा रोगबाट मुक्ति मिल्छ । सूर्य निलेको देखेमा उत्तम पुत्र प्राप्त हुन्छ । घनघोर वर्षा भएको देखेमा व्यापारमा लाभ हुन्छ । चन्द्रमा उदाएको देखेमा रोगबाट मुक्ति मिल्छ । समुद्र देखे लक्ष्मी प्राप्ति हुन्छ । सेतो फूल देखे धनलाभ हुन्छ । हरियो फूल देखे जनसंपर्क बढ्छ । फल देखे धनलाभ हुन्छ । पान देखेमा मुद्दा मामिलामा जीत हुन्छ । पहाडमा चढेको देखे सफलता तथा पहाडको टाकुरामा पुगेको देखेमा आयु वृद्धि हुन्छ । सपनामा नरिवल, केरा वा निबुवा देखेमा सन्तान प्राप्ति हुन्छ । तलाऊ वा पोखरी देखेमा प्रशस्त धन प्राप्ति हुन्छ । स्वच्छ पानी देखेमा मंगल तथा पानीमा पौडिएको देखेमा सुख हुन्छ । कमलको फूलले भरिएको तलाउ देखेमा शुभप्रद, सन्तान प्राप्ति हुन्छ । कपास अरुलाई दिएको देखेमामात्र शुभ फल प्राप्त हुन्छ । स्रोत: ज्योतिष पण्डित कृष्ण भण्डारी तथा ज्योतिष पण्डित खगेन्द्र सापकोटाको पुस्तक ‘राशीफल + सपनाको फलप्रकाशित मिति: बुधबार, जेठ १८, २०७९ १२:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय