बिहीबार , वैशाख ६ गते २०८१
Logo
बिहीबार , वैशाख ६ गते २०८१

बालेन र हर्क राईबारे फेरि यसो भने प्रचण्डले

बालेन र हर्क राईबारे फेरि यसो भने प्रचण्डले

साझा पोष्ट
बुधबार, जेठ १८ २०७९
  • images
    बालेन र हर्क राईबारे फेरि यसो भने प्रचण्डले
    images
    काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं र धरानको मेयरमा स्वतन्त्र उम्मेदवारको जित माओवादीलाई सबक भएको बताएका छन् । पार्टीका स्थानीय जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रममा प्रचण्डले काठमाडौं महानगर र धरान उपमहानगरको मेयरमा जितेका उम्मेदवारले माओवादीले जस्तै धारा, पानी, फोहोरको मुद्दा उठाएर जितेको बताए । ‘ हिजो हामीले अन्याय, अत्याचारविरुद्ध लड्छौँ भनेका थियौँ तर अहिले हामीले त्यसलाई छाडेका आरोप छ, उनले भने, 'अहिले स्वतन्त्रहरु पानी खोज्दै हिँडेका छन्। हामीले राम्रो काम नगरेको देखेपछि स्वतन्त्र जिताएर हामीलाई नै सवक सिकाएका हुन् जनताले।’ हामीले राम्रोसँग काम गरेको नदेखेपछि जनताले हामीलाई सबक सिकाएको जस्तो लाग्छ ।’ प्रचण्डले भने । तर यद्यपि अब स्वतन्त्र उम्मेदवारहरुले नै देशभर जित्छन् र स्वतन्त्रको राज्य चल्ने भन्ने कुरा विल्कुल हुन सक्ने कुरा होइन ।’

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार