बिहीबार , चैत १५ गते २०८०
Logo
बिहीबार , चैत १५ गते २०८०

नयाँ अनुसन्धान: यौन सम्बन्धबाट फैलने प्यारासाईट जीवले मानिसलाई सुन्दर देखाउँछ

नयाँ अनुसन्धान: यौन सम्बन्धबाट फैलने प्यारासाईट जीवले मानिसलाई सुन्दर देखाउँछ

साझा पोष्ट
बिहीबार , जेठ १९ २०७९
  • images
    नयाँ अनुसन्धान: यौन सम्बन्धबाट फैलने प्यारासाईट जीवले मानिसलाई सुन्दर देखाउँछ
    images

    काठमाडौं । यौन सम्वन्धबाट फैलने टोक्सोप्लाज्मा गोंडी प्यारासाइट नामक जीव लगभग पचास प्रतिशत जनसंख्यामा पाईन्छ ।  यसले मानिसमा सिजोफ्रेनिया र अन्य गंभीर मानसिक रोग फैलाउन भूमिका खेल्छ । तर अब फिनलैंडका अनुसन्धानकर्ताले यो जीवलाई लिएर अचम्मको नयाँ कुरा पत्ता लगाएका छन् ।  पैरासाइट संक्रमित मानिस अन्य भन्दा धेरै सुन्दर देखिने गरेको वैज्ञानिकले दाबी गरेका छन् ।


    images
    images

    यो जीव संसारभरी नै पाईन्छ । सामान्यत घरमा पालेका बिरालोको दिशामा पाईने टोक्सोप्लाज्मा पैरासाइट संक्रमित भएपछि फ्लू जस्तो लक्षण देखिन्छ ।

    संक्रमित मानिस आकर्षक र  स्वस्थ देखिन्छ  

    फिनलैंडको टुर्कु विश्वविद्यालयले गरेको अनुसन्धानमा टोक्सोप्लाज्मा पैरासाइटबाट संक्रमित मानिस अन्य भन्दा बढी आकर्षक र स्वस्थ देखिन्छ । उनीहरु विशेष गरी विपरीत लिङ्गीका लागि झन सुन्दर देखिने गरेको पनि अनुसन्धानमा उल्लेख छ । महिला र पुरुष दुबैमा पैरासाइटको असर समान पाईएको छ ।

    पैरासाइट को फायदा

    वैज्ञानिकका अनुसार पैरासाइट संक्रमित मानिस अन्यका लागि सुन्दर देखिन्छन् । जसका कारण संक्रमितलाई यौन साथी भेटिने संभावना बढी हुन्छ । अनि उसले यौन सम्वन्ध राख्दा साथीलाई पनि संक्रमित गर्न सफल हुन्छ ।

    बायोलोजिस्ट जेवियर बोर्राज-लियोनले  मुसामा गरेको अनुसन्धानबाट टोक्सोप्लाज्मा संक्रमित भएको बेला यौन सम्वन्ध बनाउन मुसी बढी सक्रिय भएकी थिई ।

    टोक्सोप्लाज्माले अनुहारमा ल्याउने परिवर्तन 

    यसबारे ठोस प्रमाण त छैन तर वैज्ञानिकको भनाई यो छ कि शायद पैरासाइटले मानिसको हर्मोनमै परिवर्तन ल्याउँछ । त्यसले संक्रमितको अनुहारमा सुन्दरता ल्याउँछ । अनुसन्धानमा संक्रमित पुरुषमा अन्यको तुलनामा  टेस्टोस्टेरोन हार्मोन बढी पाईएको छ ।

    वैज्ञानिकको दोस्रो शिद्धान्त अनुसार पैरासाइटले मानिसको शरीरमा केमिकल्स र न्यूरोट्रांसमिटर्समा हेर-फेर ल्याएर आफ्नो फाईदाका लागि प्रयोग गर्छ । त्यसकै साइड इफेक्टका रुपमा अनुहार सुन्दर देखिएको हुन सक्छ ।

    टोक्सोप्लाज्मा पैरासाइट मानिसमा सिजोफ्रेनिया र अन्य गंभीर मानसिक रोगका लागि मुख्य जिम्मेवार मानिन्छ । यो अनुसन्धान वैज्ञानिकले पैरासाइट संक्रमित ३५ मानिसमा गरेका थिए । जसमा २२ पुरुष र १३ महिला थिए । संक्रमितको अनुहारमा अन्यको तुलनामा बढी चमक र सुन्दरता पाईएको थियो । संक्रमित महिलाको तौल भने अन्यको तुलनामा केही कम पाईएको छ ।

      एजेन्सीबाट

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार