शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

अचम्मको घटना : पाँचदिनभित्र दुई पटक गर्भवती, जम्मिएका शिशु भएनन् जुम्ल्याहा

अचम्मको घटना : पाँचदिनभित्र दुई पटक गर्भवती, जम्मिएका शिशु भएनन् जुम्ल्याहा

साझा पोष्ट
शुक्रबार, जेठ २० २०७९
  • images
    अचम्मको घटना : पाँचदिनभित्र दुई पटक गर्भवती, जम्मिएका शिशु भएनन् जुम्ल्याहा
    images

    काठमाडौं । अमेरिकामा एक अचम्मको घटना सार्वजनिक भएको छ । टेक्सास राज्यमा बस्ने एक महिला पाँचदिनभित्र दुई पटक गर्भवती भएकी छन् ।


    images
    images

    ३० वर्षकी कारा विनहोल्डले यो घटना सामाजिक संजालबाट शेयर गरेकी छन् । उनले पाँच दिनको फरकमा दुई शिशु जन्माएकी छन् । तर यी जुम्ल्याहा होइनन्। उनी दुबै पटक गर्भवती भएकी हुन् ।

    काराका अनुसार उनले कृत्रिम गर्भधारणको योजना बनाएकी थिएन । तर उनले पाँच दिनको अन्तरमा झुक्किएर दोस्रो पटक गर्भधारण गरिन । त्यतिबेला उनी गर्भवती भइसकेकी थिइन । यो थाहा भए पछि उनले दोस्रो गर्भ पनि स्वीकार गरिन ।

    दुईवटा गर्भ बसे पनि यो जुम्ल्याहा भने थिएन । मेडिकल भाषामा यसलाई सुपरफेटेशन भनिन्छ । जव कुनै महिला पहिलेदेखि नै गर्भवती छन त्यही बेला डिम्ब र अण्डकोषबीच फर्टिलाइज हुन्छ भने त्यसलाई सुपरफीटेशन भनिन्छ ।

    जुन दोस्रो गर्भावस्था हो । संसारभरि अहिलेसम्म जम्मा १२ वटा मात्रै यस्तो घटना भएका छन् ।  काराले दुई छोरा जन्माएकी छन् । उनीहरु जुम्ल्याहा नभएपनि अनुहार भने एक अर्कामा मिल्छ ।

     
    एजेन्सीबाट

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार