Sajha Post
बालकलाई मारेपछि साँढेलाई हिरासतमा राखियो, जेल हुन सक्ने
bull
काठमाण्डौ । दक्षिण सुडानमा एक १२ वर्षीय बालकलाई मारेको अभियोगमा प्रहरीले साँढे र त्यसका मालिकलाई हिरासतमा लिएको छ। गत साता साँझको बेला फार्मबाट फर्किने क्रममा साँढेले बालकलाई हिर्काएको र बालकको घटनास्थलमै मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन । प्रहरी प्रवक्ता मेजर एलियाह माबोरले साँढे अहिले रुम्बेक सेन्ट्रल काउन्टीको प्रहरी चौकीमा हिरासतमा रहेको बताएका छन । साँढेलाई जेल हुन सक्ने उनले बताएका छन । दक्षिण सुडानमा मान्छेलाई हानेपछि जनावरलाई पक्राउ गरिएको यो पहिलो हो ? सोही राज्यमा करिब एक महिना अगाडि भेंडाको आक्रमणमा परी एक ४५ वर्षीया महिलाको मृत्यु भएको थियो। पछि भेडालाई थुनामा राखिएको थियो।  
प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९  १३:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update