आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images
images
Logo
images

एसपीपीबारे कांग्रेस सांसद गगन थापाले मागे प्रधानमन्त्रीको जवाफ

एसपीपीबारे कांग्रेस सांसद गगन थापाले मागे प्रधानमन्त्रीको जवाफ

साझा पोष्ट
बुधबार, असार १ २०७९
  • images
    एसपीपीबारे कांग्रेस सांसद गगन थापाले मागे प्रधानमन्त्रीको जवाफ
    images
    काठमाडौं । नेपाली कांग्रेस सांसद गगन थापाले स्टेट पार्टनसीप प्रोग्राम (एसपिपी) बारे प्रधानमन्त्री शेरबहादुर देउवाले संसद बैठकमा जवाफ दिनुपर्ने बताएका छन्। प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले पनि यसबारे सरकारको जवाफ माग गरेका थिए। ज्ञवालीलगत्तै बोलेका कांग्रेस सांसद थापाले पनि एसपिपीबारे प्रधानमन्त्रीले आजै संसदमा जवाफ दिनुपर्ने बताएका हुन्। प्रधानमन्त्री आफैँले आजै यो बैठकमा आएर यस्तो प्रकृतिको सम्झौता नेपालले गर्दैन भनेर भन्नुपर्ने कांग्रेस महामन्त्रीसमेत रहेका थापाको माग छ । थापाले भने, ‘अमेरिका के चाहन्छ उसको कुरा भयो। तर प्रधानमन्त्री देउवाले यस्तो सम्झौता नेपालले गर्दैन भनेर आफ्नै शैलीमा हुँदैन, गर्दैन भन्नुपर्छ।’ प्रधानमन्त्रीले संसदमा जवाफ दिएपछि एसपिपीबारेका भ्रम, भय र आशंकाका प्वाल बन्द हुने थापाले बताए। एसपीपीबारे प्रधानमन्त्रीको छिट्टै हुने भनिएको अमेरिका भ्रमणका क्रममा सम्झौता हुन सक्ने भन्दै अहिले त्यसको चौतर्फी आलोचना भइरहेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार