आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images
images
Logo
images

एसपीपीको सम्झौता ओलीकै पालामा, अहिलेको प्रचार झुटो : प्रचण्ड

एसपीपीको सम्झौता ओलीकै पालामा, अहिलेको प्रचार झुटो : प्रचण्ड

साझा पोष्ट
बुधबार, असार १ २०७९
  • images
    एसपीपीको सम्झौता ओलीकै पालामा, अहिलेको प्रचार झुटो : प्रचण्ड
    images
    काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेकाे सरकारले अमेरिकी सेना वा सरकारसँग एसपीपी सम्बन्धी कुनै सम्झौता नगरेकाे र नहुने भन्दै भ्रममा नपर्न आग्रह गरेका छन्। पेरिसडाँडामा ओयोजित दोलखा जिल्लाका शहीद रित बहादुर खड्काको २१ औं स्मृति सभामा बोल्दै प्रचण्डले कुनै सम्झौता नभएको दाबी गरे। ‘अहिले फेरि एकपटक कुनै न कुनै राष्ट्रवादको झुटो र पाखण्डी प्रचार गर्ने विगतमा देखेको हो,’ प्रचण्डले भने, ‘हिजोआज पनि एसपीपी भन्ने हुँदै छ रे भनेर प्रचार गरिएको छ। विल्कुल झुटो हो।’ प्रचण्डले भने -म गठबन्धनको नेताको हैसियतले त्यस्तो सम्झौता भएको छैन र हुने छैन त्यो घोषणा म यहाँबाट गर्न चाहान्छु ।’ प्रधानमन्त्रीसँग र गठबन्धनमा भएको छलफलमा कुनै सैन्य सम्झौता नभएको प्रचण्डको जिकिर छ। उनले भने, ‘प्रधानमन्त्रीज्यूले कुनै हालमा त्यसमा जान्न भन्नुभएको छ।’ उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकारले २०१९ सालमा सम्झौता गरेको तथ्य रहेको दाबी गरे। ‘बरु, यो एसपीपी सम्झौता कार्यान्वयन गर्ने काम २०१९ सालमा केपी ओली सरकारले गरिसकेको तथ्य इतिहासमा छ’ प्रचण्डको दाबी छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार