मंगलबार, वैशाख ४ गते २०८१
Logo
मंगलबार, वैशाख ४ गते २०८१

मिस नेपालको फिनाले आजः ६ चिकित्सक सहित २४ जना प्रतिस्पर्धामा

मिस नेपालको फिनाले आजः ६ चिकित्सक सहित २४ जना प्रतिस्पर्धामा

साझा पोष्ट
शुक्रबार, असार ३ २०७९
  • images
    मिस नेपालको फिनाले आजः ६ चिकित्सक सहित २४ जना प्रतिस्पर्धामा
    images
    काठमाडौं । मिस नेपालको फिनाले प्रतिस्पर्धा आज हुँदैछ । आज बेलुकी ललितपुरमा हुने ग्रान्ड फिनालेबाट २४ जना सुन्दरी मध्ये एक जना मिस नेपाल बन्नेछन । कोरोना महामारीको कारण अघिल्ला दुई वर्षमा रोकिएको मिस नेपाल यसपटक भने भौतिकरुपमै आयोजना हुन लागेको हो । द हिडन ट्रेजरले यसपटकको संस्करणलाई भव्य बनाउने जनाएको छ । ६ जना चिकित्सकसहित विभिन्न पेसा व्यवसायका सुन्दरी प्रतिस्पर्धामा छन् । यो संस्करणबाट मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल अर्थ छानिनेछन् ।  नीति शाहसहित ११ जना निर्णायकका रुपमा रहनेछन् ।नयाँ विजेतालाई मिस नेपाल नम्रता श्रेष्ठले ताज लगाईदिनेछिन । फिनालेमा गीत तथा नृत्य प्रस्तुतिसमेत हुनेछ । यसपटकको मिस नेपालमा अहिलेसम्मकै धेरै आवेदन परेको थियो । झन्डै ८०० सुन्दरीले दिएको आवेदनबाट अडिसन हुँदै अन्तिम २४ जना छानिएको थियो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार