शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

यसवर्षको मिस नेपाल प्रियंका रानी जोशी

यसवर्षको मिस नेपाल प्रियंका रानी जोशी

साझा पोष्ट
शनिबार, असार ४ २०७९
  • images
    यसवर्षको मिस नेपाल प्रियंका रानी जोशी
    images
    काठमाण्डौ । यस वर्षको मिस नेपाल वर्ल्डको ताज २४ वर्षीया प्रियंका रानी जोशीले जितेकी छन् । शनिबार ललितपुरमा आयोजित विशेष समारोहमा आयोजक 'द हिडन ट्रेजर'ले जोशीको नाम विजेताका रुपमा घोषणा गरेको हो । काठमाडौंकी प्रियंका अन्तिम प्रतिस्पर्धामा सहभागी २४ मध्ये उत्कृष्ट भईन । यस्तै मिस नेपाल अर्थको ताज सरिता श्रेष्ठले जितेकी छन् भने मिस नेपाल इन्टरनेसनलको ताज न्यान्सी खड्काको पोल्टामा गएको छ । विशेष समारोहमा विजेता जोशीलाई पूर्वमिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्‍याइदिईन । मिस नेपाल २०२२ का लागि आकृति शाह, आस्रुति सुवेदी, आयुस्नोभा ढुंगाना, ऐश्वर्य शाही ठकुरी, अनुश्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, दिलाशा डोटेल, गंगा गुरुङ, ह्रतुल पौडेल, ममता ढकालप्र तिस्पर्धामा थिए । यस्तै मानसी चन्द, मेरिका बास्कोटा, न्यान्सी खड्का, प्रियंका रानी जोशी, रोज कँडेल, सरिसा श्रेष्ठ, स्मारिका शर्मा, साफिया श्रेष्ठ, श्रृया गजुरेल, श्रीयान्सु पिया, सुस्मिता बोगटी र यशस्वी श्रेष्ठ अन्तिम २४ को प्रतिस्पर्धीका रुपमा छानिएका थिए । कोरोना महामारीका कारण दुई वर्षका लागि रोकिएको मिस नेपाल प्रतिस्पर्धा यस पटक भव्य रुपमा सम्पन्न गरिएको आयोजक द हिडेन ट्रेजरले जनाएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार