Sajha Post
रुकुमपश्चिममा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
road-accident
nepatop
काठमाण्डौ । रुकुमपश्चिम आठबिसकोट नगरपालिका-११ चिसापनी नजिकै राडीबाट रिम्नातर्फ जाँदै गरेको ग१ज १८९७ नंको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय आठबिसकोटका अनुसार शनिबार साँझ भएको दुर्घटनामाचालक बाँफिकोट गाउँपालिका-८ दुलिका कविराम विक र सहचालक मुसिकोट नगरपालिका-११ का कमल खड्काको मृत्यु भएको छ ।
प्रकाशित मिति: आइतबार, असार ५, २०७९  ०९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update