आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images
images
Logo
images

प्रधानमन्त्री देउवा संसदीय समितिमा गएनन्, अपमान भएको समितिको ठहर

प्रधानमन्त्री देउवा संसदीय समितिमा गएनन्, अपमान भएको समितिको ठहर

साझा पोष्ट
शनिबार, असार ४ २०७९
  • images
    प्रधानमन्त्री देउवा संसदीय समितिमा गएनन्, अपमान भएको समितिको ठहर
    images
    काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध समितिमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भएका छन् । समितिले आइतबार १० बजे प्रधानमन्त्रीलाई छलफलमा बोलाएको थियो । प्रधानमन्त्री देउवासँग नेपालको परराष्ट्र नीति कार्यान्वयन र निकट भविष्यमा हुन गइरहेको प्रधानमन्त्रीको अमेरिकाको भ्रमणबारे छलफल गर्ने कार्यक्रम थियो । समिति सभापति पवित्रा निरौला खरेलका अनुसार आज बिहान ८ बजेमात्र प्रधानमन्त्री नआउने जानकारी आएको हो । उनले प्रधानमन्त्री नआउने भए समयमै समयमा खबर हुनुपर्ने बताइन् । समयमा खबर नगर्नु अपमान नै नै भएको समितिको ठहर छ । प्रधानमन्त्री नआउने भएपछि समिति सदस्य समेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतका सांसदहरु बाहिरिएका छन् । प्रधानमन्त्री देउवाको अनुपस्थितिबारेको प्रश्नमा जवाफ दिँदै कांग्रेसकी सांसद पुष्पा भुसालले अमेरिका भ्रमणबारे औपचारिक निर्णय नभइसकेको बताइन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार