शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

सरस्वती पूजाको कथामा बनेको वृत्तचित्रले जित्यो एमी अवार्ड

सरस्वती पूजाको कथामा बनेको वृत्तचित्रले जित्यो एमी अवार्ड

साझा पोष्ट
आइतबार, असार ५ २०७९
  • images
    सरस्वती पूजाको कथामा बनेको वृत्तचित्रले जित्यो एमी अवार्ड
    images
    काठमाडौं । सरस्वती पूजामाथि जसवन्तदेव श्रेष्ठले निर्देशन गरेको वृत्तचित्र ‘फेस्टिभल अफ सरस्वती पूजा‘ले अमेरिकामा एमी अवार्ड जितेको छ । यसलाई हलिउडमा टेलिभिजनतर्फको ओस्कार मानिने प्रतिष्ठित मानिन्छ । नेसनल एकेडेमी अफ टेलिभिजन आर्ट्स एन्ड साइन्सेज प्यासिफिक साउथवेस्टले आइतबार राति आयोजना गरेको अवार्ड समारोहमा श्रेष्ठले ट्रफी उचाले । श्रेष्ठको यो सांस्कृतिक वृत्तचित्रले ‘आउटस्ट्यान्डिङ अचिभमेन्ट इन द रेलिजियन’ विधामा जित हासिल गर्यो ।। क्यालिफोर्नियाको पाम स्प्रिङमा आयोजित एमी समारोहमा उनले मतदान गर्ने एमीका सदस्यसहित नेपालीलाई धन्यवाद दिए ।नेपाली संस्कृति जोगाउने अभियानको रुपमा आफू अझै अघि बढ्ने पनि उनले बताए । श्रेष्ठ निर्देशित फिल्मले सरस्वती पूजाको महत्व र संस्कृतिका पाटोलाई चित्रण गरेको छ । जितपछि जारी प्रेस विज्ञप्तिमा उनले फिल्ममार्फत नेपाली संस्कृतिलाई संरक्षण र अघि बढाउन आफूलाई ऊर्जा मिलेको बताएका छन् । यसपटक उनका ३ बृत्तचित्र दशैं पर्व, सरस्वती पूजा पर्व र महा शिवरात्री पर्व नोमिनेशनमा परेका थिए ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार