Sajha Post
उमेर प्रमाणित गर्न इन्स्टाग्रामले भिडिओ सेल्फीको परीक्षण गर्ने
insta
काठमाडौं । इन्स्टाग्रामले किशोरकिशोरीको उमेर प्रमाणित गर्न र प्लेटफर्मका अरु नियम पालना गराउन नयाँ तरिका अपनाउने तयारी गरेको छ। केही प्रयोगकर्ताले उमेर बढाएर १८ वर्षभन्दा धेरै उमेरको देखाएको भन्दै इन्स्टाग्रामले उमेर पहिचान गर्ने नयाँ उपाय अपनाउन लागेको हो।इन्स्टाग्रामले भिडिओ सेल्फीको परीक्षण गर्ने भएको हो। जसमा अनुहार पहिचान गर्ने सफ्टवेयर पनि हुनेछ। जसलाई इन्स्टाग्रामले नयाँ एज–भेरिफिकेसन विधिका रुपमा प्रयोग गर्नेछ। इन्स्टाग्रामले अमेरिकामा भने उमेर प्रमाणित गर्न तीन किसिमको तरिका उपलब्ध गराउनेछ, जसमा परिचयपत्र देखाउने, तीन वयस्क व्यक्तिलाई सोध्ने वा भिडियो सेल्फीको प्रयोग गर्ने रहनेछन्। अहिले ल्याइएको नयाँ योजनाले किशोरकिशोरीलाई इन्स्टाग्राम प्रयोग गर्दाको सही अनुभव दिन सकिने विश्वास गरिएको छ । इन्स्टाग्राममा बालबालिका तथा किशोरकिशोरीको सुरक्षाको विषयमा प्रश्न उठ्दै आएको छ । इन्स्टाग्रामले बालबालिकाको सुरक्षालाई ध्यानमा राख्दै नयाँ योजना अघि सारेको हो।  
प्रकाशित मिति: आइतबार, असार १२, २०७९  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update