गायिका दिलमायाको हत्या आशंका, पक्राउ परेकाको वयानका आधारमा सल नालीमा भेटियो

काठमाडौं । प्रहरीले लोक गायिका दिलमाया सुनारको हत्या आशंका गरेको छ । मृतकको सल अन्यत्रै फेला परेको छ । शुरुमा आत्महत्या आशंकामा अनुसन्धान थालेको प्रहरीले घटनास्थलबाट उनले प्रयोग गर्ने मोबाइल फोन र झुन्डिन प्रयोग गरेको भनिएको सल फेला पार्न नसकेपछि हत्या आशंकामा अनुसन्धान थालेको थियो ।
प्रहरीले सिन्धुपाल्चोक साँगाचोकगढीका सूर्य श्रेष्ठ भन्ने खिलबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिइ सोधपुछ गर्दा घटना झन शंकास्पद देखिएको छ । श्रेष्ठले सुनारको सल आफूले महाराजगञ्जमा नालीमा फालेको प्रहरीसँग बताएका थिए। वयान अनुसार महाराजगञ्जको इन्भेष्टमेन्ट नजिकको नालीमा सुनारले ओड्ने गरेको सल फेला परेको हो । मोवाइल भने अहिलेसम्म भेटिएको छैन । श्रेष्ठले सल देखाएपनि आफूले हत्या नगरेको बताउँदै आएका छन् ।
शनिबार बिहान ११ बजे काठमाडौंको नेपालटारस्थित आफ्नै डेरामा दिलमाया मृत भेटिएकी थिइन्। शनिबार विहानै उनको डेरामा पुगेका श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थियो। सुर्खेत घर भएकी सुनारले मृत भेटिनुअघि फेसबुकमा आफूलाई बाँच्न मुस्किल भएको भन्दै आफूले जीवनसँग हार खाएको लेखेकी थिईन । लाइभ दोहोरीका कारण उनी चर्चामा थिईन । एक छोराकी आमा दिलमाया पतिसँग डिभोर्स गरेर एक्लै बस्दै आएकी थिइन् ।
प्रकाशित मिति: आइतबार, असार १२, २०७९ १४:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय