बिहीबार , चैत १५ गते २०८०
Logo
बिहीबार , चैत १५ गते २०८०

गायक विपुल क्षेत्री ग्रामी अवार्डको सदस्यमा मनोनित

गायक विपुल क्षेत्री ग्रामी अवार्डको सदस्यमा मनोनित

साझा पोष्ट
बुधबार, असार १५ २०७९
  • images
    गायक विपुल क्षेत्री ग्रामी अवार्डको सदस्यमा मनोनित
    images
    काठमाडौं । नेपालीभाषी गायक विपुल क्षेत्री ग्रामी अवार्डको सदस्यमा मनोनित भएका छन् । विश्वको सर्वोच्च संगित अवार्ड ग्रामीमा अब उनले मतदान गर्न पाउनेछन् । रेकर्डिङ एकेडेमीले क्षेत्रीसहित दुई हजार भन्दा बढी सर्जकलाई सदस्यमा नियुक्त गरेको जनाएको छ । यसअघि एकेडेमीले क्षेत्रीलाई सदस्यका लागि निम्तो गरेको थियो । उनी ग्रामी अवार्डको सदस्य बन्ने पहिलो नेपालीमाषी गायक भएका छन् । क्षेत्रीले सन् २०२२ को ग्रामी अवार्डमा मतदान अधिकार प्राप्त गर्नेछन् । भारतको कालिम्पोङमा जन्मिएका क्षेत्रीले सन् २०१४ मा सांगीतिक यात्रा शुरु गरेका थिए । क्षेत्रीले वसन्त, गहिरो गहिरो, आशिष, टिस्टा, मुग्लान जस्ता हिट गीत गाएका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार