बुधबार, वैशाख १२ गते २०८१
Logo
बुधबार, वैशाख १२ गते २०८१

प्रचण्ड र नायक राजेश हमालबीच भेटवार्ता

प्रचण्ड र नायक राजेश हमालबीच भेटवार्ता

साझा पोष्ट
बिहीबार , असार १६ २०७९
  • images
    प्रचण्ड र नायक राजेश हमालबीच भेटवार्ता
    images
    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अभिनेता राजेश हमालबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न हमाल शुक्रबार बिहान उनको निवास खुमलटार पुगेका हुन ।उनीहरूबीच समसामयिक विषयमा छलफल भएको भेटमा सहभागी कलाकार चेतन सापकोटाले बताए । प्रचण्ड र हमालबीच २० मिनेट एक्लाएक्लै कुराकानीसमेत भएको छ ।देशमा राजनीतिक  परिवर्तन भएको र जनतामा चेतनाको स्तर बढेको भन्दै राजनीतिक र सामाजिक आन्दोलनमा प्रचण्डले खेलेको भूमिकाको हमालले प्रशंसा गरे । अहिलेको परिवर्तनलाई संस्थागत गर्दै समृद्धि ल्याउन भने बाँकी नै रहेको उल्लेख गर्दै हमालले जनताले अपेक्षा गरेअनुसारको विकास नपाएको बताएका छन ।हमालले प्रचण्डसँग राष्ट्रले सम्झिए आफू सेवा गर्न तयार रहेको बताएका छन। नेपाललाई विदेशी चलचित्रको सुटिङका लागि हब बनाउन सकिने भन्दै त्यसका लागि नेपाली कला संस्कृति अनि प्राकृतिक दृश्यलाई विश्वमा चिनाउन जरूरी रहेको हमालले बताएका छन । जवाफमा प्रचण्डले हमाललाई आफूले बौद्धिक अनि अध्ययनशील कलाकारको रूपमा बुझेको प्रतिक्रिया दिएका छन । तस्बिर: चेतन सापकोटाको फेसबुकबाट

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार