शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

यति एयरलाईन्सले अब उडानमा इन्टरनेटको व्यवस्था गर्ने

यति एयरलाईन्सले अब उडानमा इन्टरनेटको व्यवस्था गर्ने

साझा पोष्ट
मंगलबार, असार २१ २०७९
  • images
    यति एयरलाईन्सले अब उडानमा इन्टरनेटको व्यवस्था गर्ने
    images
    काठमाडौं । नेपालमा पनि अब जहाजमा उड्दै गर्दा इन्टरनेट चलाउन सकिने भएको छ । यती एयरलाइन्सले आफ्ना जहाजमा अब उडानका दौरान इन्टरनेटको सेवा दिन लागेको हो । आन्तरिक उडानमा पहिलो पटक इन्टरनेट सेवा शुरु गर्न लागिएको हो । इन्फ्लाइट मनोरञ्जनका लागि वायुयान भित्र रहेको डिभाइसमा कनेक्ट गरी विभिन्न मनोरञ्जनात्मक भिडियो, गीत–संगित, भिडियो गेम, विज्ञापन तथा पुस्तक सामग्री राखिने यति एयरलाइन्सले जनाएको छ । यस सेवामा अनलाइन सपिङको समेत सुविधा हुने बताईएको छ । हाल परीक्षण भैरहेको भन्दै एयरलाइन्सले छिट्टै सेवा शुरु गर्ने पनि जनाएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार