बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बन्ने, अर्थसचिव विदामा

अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बन्ने, अर्थसचिव विदामा

साझा पोष्ट
बुधबार, असार २२ २०७९
  • images
    अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बन्ने, अर्थसचिव विदामा
    images
    विवादमा परेका अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय समिति बन्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटा स्रोतका अनुसार आजै संसदीय समिति बनाउने तयारी छ। २०७९/८०को बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करका दर तलमाथि गरेको शर्मामाथि आरोप छ। ती आरोपबारे छानबिन गर्न समिति बन्न लागेको हो । यसैबीच अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी बिदामा बसेका छन्। स्वास्थ्यमा समस्या देखिएको भन्दै उनले बुधबार आफू विदामा बसेको जानकारी सचिवालयलाई गराएका छन्। मन्त्रालय स्रोतका अनुसार सचिव मरासिनीले बुधबार बिहान अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेका थिए। मन्त्रीसँगको भेटपछि उनी घर गएका थिए। सचिवालयमा टेलिफोन गरेर कार्यालयमा उपस्थित हुन नसक्नेबारे सचिव मरासिनीले जानकारी गराएको मन्त्रालयका प्रवक्ता ढुण्डीप्रसाद निरौलाले जानकारी दिए। निरौलाका अनुसार सिचव मरासिनी विरामी भएकोले विदामा बस्न लागेका हुन् । मन्त्रालय स्रोतका अनुसार बजेट निर्माण प्रक्रियामा चलखेलको लागि केहि व्यक्तिलाई मन्त्रालयमै प्रवेश दिएको भन्दै सचिव मरासिनीमाथि प्रश्न उठेको छ। सोहि कारणले उनी विदामा बसेको मन्त्रालय स्रोतको दाबी छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार