बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठले विहे गरिन्

पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठले विहे गरिन्

साझा पोष्ट
बुधबार, असार २२ २०७९
  • images
    पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठले विहे गरिन्
    images
    काठमाडौं । पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ प्रेमी राहुल मोक्तानसँग विवाह गरेकी छन । उनीहरुबीच मंगलबार राति काठमाडौंमा नेवारी परम्पराअनुसार विवाह गरेका हुन् । विवाह समारोहअघि उनीहरुले सिल्भर ओक रेष्टुरेन्टमा रिसेप्सन दिएका थिए । नेवारी चले अनुसार रिसेप्सनपछिको शुभ साइतमा निकट आफन्त र परिवारको उपस्थितिमा बिहे कार्यक्रम भएको थियो । पूर्वमिस नेपालहरु पनि विवाह समारोहमा उपस्थित थिए । काठमाडौंमा जिमखाना सञ्चालन गरिरहेका राहुल र सदीक्षा केही वर्षदेखि प्रेमसम्बन्धमा थिए । रिसेप्सनमा सेलिब्रिटी, मिडिया उद्यमी र व्यवसायीलाई पनि निम्तो दिइएको थियो । सदीक्षाले रियालिटी शो डान्सिङ स्टार्सको प्रस्तोता पनि हुन ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार