बुधबार, वैशाख १२ गते २०८१
Logo
बुधबार, वैशाख १२ गते २०८१

चौधरी ग्रुपको चुनौती : बजेट निर्माणमा हाम्रो संलग्नता पुष्टि गर

चौधरी ग्रुपको चुनौती : बजेट निर्माणमा हाम्रो संलग्नता पुष्टि गर

साझा पोष्ट
बुधबार, असार २२ २०७९
  • images
    चौधरी ग्रुपको चुनौती : बजेट निर्माणमा हाम्रो संलग्नता पुष्टि गर
    images
    काठमाडौं। चौधरी ग्रुपले आर्थिक वर्ष २०७९\८० को बजेट निर्माणका क्रममा आफूलाई जोडेर सामाजिक सञ्जालमा आएका कुराप्रति ध्यानाकर्षण भएको जनाउँदै प्रतिवाद गरेको छ । ग्रुपका निर्देशक निर्वाण चौधरी बजेट निर्माण प्रकृयामा कुनै चासो र सरोकार नरहेको बताउँदै स्पष्ट आरोप पुष्टि गर्न चुनौती दिएका छन । 'बजेट निर्माण मामिलामा हाम्रो संलग्नताबारे बिनाआधार केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा टिप्पणी गर्ने महासयहरुप्रति हामी खेद व्यक्त गर्दछौँ', उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, 'उहाँहरुले लगाउनु भएको आरोपको पुष्टि गर्न हामी चुनौती दिन्छौँ। यसबारे छानबिन गरि सत्यतथ्य बाहिर ल्याउन हामी सम्बन्धित निकायहरूलाई आग्रह गर्दछौँ।’ बजेट निर्माणमा चौधरी ग्रुपको संलग्नता कहीँ कतै पुष्टि भएमा कारवाही भोग्न तयार रहेको उनले बताएका छन्। 'यदि हाम्रो संलग्नता पुष्टि नभएमा हामीमाथि मिथ्या आरोप लगाउनेहरू कारवाही भोग्न तयार हुनेछन् भन्ने अपेक्षा लिएका छौँ', उनले भनेका छन्। नेपालमा नेटा भी विद्युतीय गाडीको आधिकारिक बिक्रेता चौधरी ग्रुप हो। यो गाडी कर छुटको मापदण्डमा पर्ने गरी १ सय किलोवाट भन्दा माथिलाई मात्रै कर बढाइएको आरोप छ। त्यस्तै चाउचाउ उद्योगले वनस्पति तेल आयात गर्न पाउने निर्णय भएपछि यसमा पनि चौधरी ग्रुपलाई जोडिएको छ। बजेटमा रातारात करका दर परिवर्तन गरिएको र त्यसका अर्थमन्त्री मार्फत चौधरीका ग्रुपका कर्मचारी संलग्न रहेको आरोप लागेपछि चौधरी ग्रुप बोलेको हो । हेर्नुहोस निर्वाण चौधरीको स्ट्याटस :

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार