शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

संसदीय समिति बनाएर अर्थमन्त्री शर्मामाथि छानबिन गरिने

संसदीय समिति बनाएर अर्थमन्त्री शर्मामाथि छानबिन गरिने

साझा पोष्ट
बुधबार, असार २२ २०७९
  • images
    संसदीय समिति बनाएर अर्थमन्त्री शर्मामाथि छानबिन गरिने
    images
    काठमाडौं । बजेट बनाउँदा अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्माका विषयमा संसदीय समिति बनाएर छानबिन हुने भएको छ । सत्तारुढ दलहरु संसदीय समिति बनाएर छानबिन गर्न तयार भएका हुन । तर प्रमुख प्रतिपक्षी एमालेले भने पहिले अर्थमन्त्रीले राजीनामा दिनुपर्ने शर्त राखेको छ ।संसदीय समिति बनाउने विषयमा सभामुख अग्नि सापकोटाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारीसँग छलफल गरेका छन । त्यसैगरी उनले प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सचेतक पुष्पा भुसाल र माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङसँग पनि छलफल गरेका छन ।बुधबार ११ बजे बोलाइएको संसद बैठक नै रोकेर सभामुखले दलका सचेतकसँग छलफल गरेका हुन ।अर्थमन्त्री जनार्दन शर्माले बुधबारको संसद बैंठकमा सम्बोधन गर्ने भएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोध गर्ने बताइसकेको छ। संसद बैठकमा अर्थमन्त्री शर्माले आफूमाथि लागेका आरोपबारे स्पष्टीकरण दिन लागेका थिए।बजेट निर्माणका क्रममा जेठ १४ गते राति अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति छिराएको भन्दै शर्मा आलोचनाको घेराबन्दीमा छन । त्यसपछि मन्त्रालयमा अनधिकृत व्यक्ति छिराएको सीसीटीभी भिडिओ माग गरिएको थियो। तर अर्थले सीसीटीभी फुटेज १३ दिनमै डिलिट भइसकेको जवाफ दिएको थियो।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार