शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

अर्थमन्त्री शर्माको प्रष्टिकरण एमालेले सुनेन, संसद बैठक बहिस्कार

अर्थमन्त्री शर्माको प्रष्टिकरण एमालेले सुनेन, संसद बैठक बहिस्कार

साझा पोष्ट
बुधबार, असार २२ २०७९
  • images
    अर्थमन्त्री शर्माको प्रष्टिकरण एमालेले सुनेन, संसद बैठक बहिस्कार
    images
    काठमाडौं । नेकपा एमालेले अर्थमन्त्रीको प्रष्टिकरण नसुन्ने भन्दै प्रतिनिधिसभाको बैठक बहिस्कार गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री शर्मालाई आफूमाथि उठेका विषयमा प्रष्टिकरण दिन समय दिने वित्तिकै एमालेले राजीनामा माग्दै बैठक बहिस्कार गरेको हो । एमाले सांसद योगेश भट्टराईले अर्थमन्त्री शर्मालाई मन्त्रीका रुपमा स्वीकार नगर्ने र राजीनामा दिएपछि मात्रै कुरा सुन्ने भनेपछि एमाले सांसदहरु उठेर हिंडेका थिए । एमाले सांसद भट्टराईले अर्थमन्त्री शर्माले राजीनामा दिएपछि संसदीय विशेष समितिले पूर्वमन्त्रीका रुपमा बयान लिनुपर्ने माग गरे ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार