बिहीबार , वैशाख ६ गते २०८१
Logo
बिहीबार , वैशाख ६ गते २०८१

बुढीगंगामा एमालेको अग्रता कायमै

बुढीगंगामा एमालेको अग्रता कायमै

साझा पोष्ट
शनिबार, असार २५ २०७९
  • images
    बुढीगंगामा एमालेको अग्रता कायमै
    images
    काठमाडौं । स्थानीय निर्वाचन अन्तर्गत पुनः मतदान भएको बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दा एमालेको अग्रता कायमै छ ।   निर्वाचन अधिकृतको कार्यालयका अनुसार ७ हजार ४१९ मतगणना हुँदा मेयरमा नेकपा एमालेका रामबहादुर बानियाँ ३ हजार ८८१ मतसहित अग्रस्थानमा छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रंगबहादुर खातीले ३ हजार १०१ मत ल्याएका छन्। खाती ७८० मतान्तरले पछाडि छन्।   यस्तै, उपमेयरमा नेकपा एमालेकै मायाकुमारी खडका(कुँवर) ले ३ हजार ७ ५३ मतसहित अग्रता कायम राखेकी छन्। प्रतिस्पर्धी कांग्रेसकी रिता शाहीले ३ हजार १५३ मत प्राप्त गरेकी छन्। उपमेयरामा ६०० मतको अन्तर छ। अब १ हजार ७११ मत गन्न बाँकी छ । १० वडा रहेको बुढीगंगामा ८ वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। जसमध्ये वडा नम्बर १, २, ३, ९ र १० मा एमाले विजयी भएको छ। यस्तै, वडा नम्बर ४, ७ र ८ मा कांग्रेस विजयी भएको छ। अहिले वडा नम्बर ५ र ६ को मतगणना भइरहेको छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार