शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

मूल्य वृद्धि अनुमान भन्दा माथि गयो : गभर्नर अधिकारी

मूल्य वृद्धि अनुमान भन्दा माथि गयो : गभर्नर अधिकारी

साझा पोष्ट
आइतबार, असार २६ २०७९
  • images
    मूल्य वृद्धि अनुमान भन्दा माथि गयो : गभर्नर अधिकारी
    images
    काठमाडों । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारिले मूल्य वृद्धि अनुमान भन्दा माथि गएको बताएकाछन् ।   संसदको अर्थ समितिले आयोजना गरेको आगामी मौद्रिक नीति सम्बन्धि छलफलमा उनले चालु आर्थिक वर्षमा केन्द्रीय बैंकले साढे ६ प्रतिशत मुद्रास्फीति राख्ने लक्ष्य लिएकोमा अब नियन्त्रण लक्ष्यभन्दा बाहिर गएको बताएका हुन्। नेपाली मुद्रा ७ प्रतिशतको अवमूल्यन भएको गभर्नर अधिकारीको भनाई छ ।   आयात बढ्नुमा केही अंश परिमाणको कारण भए पनि मुख्य मूल्य वृद्धि रहेको उनको भनाइ छ । रेमिट्यान्स पछिल्लो महिनामा सुधार हुँदा नेपाली र अमेरिकी डलर दुवैमा गत आर्थिक वर्षकोभन्दा बढी हुने देखिने उनको भनाइ छ ।   तरलता व्यवस्थापन गर्न तीन खर्बभन्दा बढी अहिले पनि राष्ट्र बैंकले बजारमा पैसा पठाएको बताउँदै उनले कोभिडको बीचमा दिएका सुविधा जे जति थिए अहिले कोभिडबाट बाहिर आएर अर्को समस्यामा आएकोले यसलाई बाहिर ल्याउने गरी मौद्रिक नीति आउने बताए ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार