बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

लोकसेवा परीक्षामा सोधियो अभिनेत्री सुरक्षा पन्तको नाममा प्रश्न

लोकसेवा परीक्षामा सोधियो अभिनेत्री सुरक्षा पन्तको नाममा प्रश्न

साझा पोष्ट
आइतबार, असार २६ २०७९
  • images
    लोकसेवा परीक्षामा सोधियो अभिनेत्री सुरक्षा पन्तको नाममा प्रश्न
    images
    काठमाडों । लोकसेवा आयोगले हालै लिएको एक परिक्षामा अभिनेत्री सुरक्षा पन्तसँग सम्बन्धित पश्न समावेश गरिएको छ । असार २३ गते भएको नेपाली सेनाको अधिकृत क्याडेट पदको खुल्ला प्रतियोगितात्मक लिखित परीक्षामा नायिका पन्तसँग सम्बन्धित पश्न सोधिएको हो । सामान्य ज्ञान विषय अन्तर्गतका प्रश्नमा कान्स फिल्म फेस्टिभलमा रेड कार्पेटमा हिड्ने पहिलो नेपाली अभिनेत्री को हुन् भनेर सोधिएको छ । उत्तरको विकल्पमा अभिनेत्री प्रियंका कार्की, सुरक्षा पन्त, गौरी मल्ल र करिश्मा मानन्धरको नाम दिइएको छ ।   गत महिना फ्रान्समा भएको कान्स फिल्म फेस्टिभलमा अभिनेत्री सुरक्षा पन्त रेड कार्पेटमा हिडेकी थिइन् । अझैपनि फिल्मबाट सहायक अभिनेत्रीका रुपमा फिल्म क्षेत्रमा आएकी सुरक्षा पन्तले आमा, धनपति, गोपि जस्ता सफल फिल्ममा अभिनय गरेकी छन् । पेशाले इन्जिनियर समेत रहेकी पन्त  सशक्त अभिनयका कारण लोकप्रिय छिन् ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार