बुधबार, वैशाख १२ गते २०८१
Logo
बुधबार, वैशाख १२ गते २०८१

सरकारले आयल निगमलाई सात अर्ब ऋण र अनुदानमा ६० करोड दिने

सरकारले आयल निगमलाई सात अर्ब ऋण र अनुदानमा ६० करोड दिने

साझा पोष्ट
आइतबार, साउन १ २०७९
  • images
    सरकारले आयल निगमलाई सात अर्ब ऋण र अनुदानमा ६० करोड दिने
    images
    काठमाडौं । सरकारले नेपाल आयल निगमलाई सात अर्ब रुपैयाँ ऋण दिने भएको छ । गएको असार ३१ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय आइतबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारलाई सात अर्व दिने जानकारी गराएका हुन् । पेट्रोलियम पदार्थको मूल्य समायोजन भएका कारण नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई भुक्तानी दिन रकम अपुग भएको भन्दै अर्थ मन्त्रालयले आयल निगमलाई सात अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएको हो । यस्तै, सरकारले पेट्रोलियम पदार्थमा करवापत मूल्य समायोजन भएको रकम ५९ करोड ८६ लाख ८० हजार रुपैयाँ अनुदानस्वरूप उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत आयल निगमलाई उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार