Sajha Post
असहाय बालबालिकाका लागि दुबईमा कार्यरत श्रमिकको आर्थिक सहयोग
WhatsApp Image 2022-07-16 at 21.07.44 (1)
काठमाडौं । दुबईको एक कम्पनीमा कार्यरत श्रमिकहरुले असहाय बालबालिकाको लागि काम गर्दै आएका नेपालका दुई संस्थालाई आर्थिक सहयोग गरेका छन् । दुबई स्थित थोमसन सर्भिस मिडिल इस्ट लिमिटेड कम्पनीमा कार्यरत नेपालका फणिश्वर पराजुली र बलबहादुर पचभैयाको अगुवाईमा अन्य देशका श्रमिकहरु समेतले सहयोग रकम संकलन गरि पठाएका हुन् । उक्त कम्पनीमा नेपाल सहित भारत, फिलिपिन्स, स्कटल्याण्ड, हल्याण्ड लगायतका देशका श्रमिकले काम गर्दै आएका छन् । श्रमिकले सामाजिक सेवाका लागि संकलन गरेको रकम बराबर कम्पनीका प्रबन्ध निर्देशकले पनि सहयोग गरेका थिए । नेपाली तीन लाख पैंतालिस हजार दुइ सय पचास रुपैयाँ कम्पनीका प्रतिनिधी जमसेदले शनिबार संस्थामै पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन् । संकलित रकम मध्येबाट काठमाडौंको सिफलमा रहेको बाल मन्दिरलाई एक लाख बहत्तर हजार रुपैयाँ हस्तान्तर गरियो । उक्त बालमन्दिरमा ६५ जना असहाय एवं अपांगता भएका बालबालिका रहेका छन् । यस्तै कपन स्थित नन्दा प्रसाइले सञ्चालन गरिरहेको इनर भिजन नेपाल नामको संस्थालाई एक लाख त्रिहत्तर हजार दुइ सय पचास रुपैंया सहयोग हस्तान्तरण गरियो । सहयोग हस्तान्तरण कार्यक्रमको संयोजन गुल्मेली सहयोगी हातहरु अभियानका उपाध्यक्ष बिमल घिमिरे र सचिव रमेश काउछाले गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update