शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

ईच्छाराज तामाङकी पत्नी सिर्जना पक्राउ

ईच्छाराज तामाङकी पत्नी सिर्जना पक्राउ

साझा पोष्ट
मंगलबार, साउन ३ २०७९
  • images
    ईच्छाराज तामाङकी पत्नी सिर्जना पक्राउ
    images
    काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङकी पत्नी सिर्जना शाक्य तामाङ पक्राउ परेकी छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले ५७ वर्षीया तामाङलाई मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो ।सिभिल सहकारीको बचत हिनामिना गरेको कसुर लागेपछि उनी फरार सिर्जना सिभिल सहकारीकी लेखा समिति सदस्य थिईन ।उनलाई सीआईबीले जिल्ला अदालत काठमाडौं बुझाएको थियो र अर्को आदेश नभएसम्मका लागि कारागारमा पठाइएको छ ।   सहकारीमा जम्मा गरेको ५ अर्ब ८४ करोड ४० लाख २१ हजार ७ सय १३ रुपैयाँ हिनामिना गरेको कसुरमा तामाङ र उनकी पत्नी सिर्जनासहित ४२ जनाविरुद्ध ठगी र संगठित अपराध अभियोगमा २०७८ मंसिर १७ मा अदालतमा मुद्दा दायर भएको थियो । यो प्रकरणमा १२ जना पक्राउ परिसकेका छन् ।   १ हजार ५ सय ३० जनाले सिभिल सहकारीका सञ्चालक तामाङ र उनकी पत्नी सिर्जनासहितलाई प्रतिवादी बनाएर दायर भएको मुद्दा विचाराधीन छ । मुख्य आरोपित तामाङ अहिले पुर्पक्षका क्रममा कारागारमा छन् । तर, ठगी आरोप लागेपछि अनुसन्धानमा तानिएकी सिर्जना फरार थिइन् । उनीविरुद्ध २०७८ पुस २७ मा पक्राउ पुर्जी जारी गरी खोजबिनअघि बढाइएको थियो ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार