मन पराइयो ‘बाबाको आँगनी’, आमाको संझनामा मञ्जु पौडेलको मनछुने तीज गीत (भिडियो सहित)

काठमाडौं । सार्वजनिक भएको एक दिनमै लोकप्रिय गायिका मञ्जु पौडेलको नयाँ तीज गीत ‘बाबाको आँगनी’ ले सकारात्मक प्रतिक्रिया पाएको छ । चर्चित प्रस्तोता समेत रहेकी पौडेलको ‘बाबाको आँगनी’लाई सार्वजनिक भएको २४ घण्टामै युट्युवमा मात्रै १ लाख भन्दा धेरैपटक हेरिएको छ भने दर्शक स्रोताले गीत मन छुने भएको प्रतिक्रिया दिएका छन् ।
गायिका पौडेलले यो गीतलाई यसैवर्ष निधन भएकी आफ्नी आमा भवगती देवी ज्ञवालीप्रति समर्पण गरेकी छन् । आमाकै लय रहेको गीतमा चर्चित सर्जक शिव हमालले शब्द लेखेका छन् भने आवाज गायिका पौडेलको रहेको छ । दुर्गा पौडेलको निर्देशनमा तयार पारिएको गीतको भिडियोमा गायिका पौडेलसँगै सञ्चारकर्मी अनुशा पौडेलको अभिनय रहेको छ ।
हेर्नुस् भिडियो :
https://www.youtube.com/watch?v=0DDHMKToSpM
प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९ ०९:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय