बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

नयाँ मौद्रिक नीति: ब्याजदर बढ्ने, घरजग्गा धितोमा कडाई, शेयर कर्जाको सीमा हट्यो (पूर्ण पाठ सहित)

नयाँ मौद्रिक नीति: ब्याजदर बढ्ने, घरजग्गा धितोमा कडाई, शेयर कर्जाको सीमा हट्यो (पूर्ण पाठ सहित)

साझा पोष्ट
शुक्रबार, साउन ६ २०७९
  • images
    नयाँ मौद्रिक नीति: ब्याजदर बढ्ने, घरजग्गा धितोमा कडाई, शेयर कर्जाको सीमा हट्यो (पूर्ण पाठ सहित)
    images
    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार पत्रकार सम्मेलनमार्फत मौद्रिक आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेका हुन् । नयाँ नीतिमा बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट ऋण लिँदा तिर्नुपर्ने ब्याजदर ८.५ प्रतिशत पुर्‍याइएको छ । यसअघि यस्तो ब्याजदर ७ प्रतिशत थियो । यसले समग्र ब्याजदर बढ्नेछ । यस्तै राष्ट्र बैंकले सेयर कर्जामा लगाउँदै आएको ४ करोडको सीमा हटाएको छ । यसअघि एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्मको सीमा राखिएको थियो । अब सीमा हटाएर सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म मात्र लिन पाउने व्यवस्थालाई राष्ट्र बैंकले निरन्तरता दिएको छ । घर जग्गा धितोमा कडाई गरिएको छ । राष्ट्र बैंकले कर्जा प्रवाह गर्दा धितोको सुरक्षा अनुपातलाई थप कसिलो बनाएको हो । नयाँ व्यवस्थाअनुसार अब काठमाडौं उपत्यका भित्र कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कर्जा र सोको धितो सुरक्षणको अनुपात ३० प्रतिशत र उपत्यकाबाहिरको हकमा बढीमा ४० प्रतिशतसम्म कायम गरिएको छ । यसअघि काठमाडौंमा ५० र उपत्यकाबाहिर यस्तो अनुपात ६० थियो । हेर्नुस मौद्रिक नीतिको पूर्ण पाठ 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार