शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

पहिरोमा पुरिएर अछाममा तीन जनाको मृत्यु

पहिरोमा पुरिएर अछाममा तीन जनाको मृत्यु

साझा पोष्ट
आइतबार, साउन ८ २०७९
  • images
    पहिरोमा पुरिएर अछाममा तीन जनाको मृत्यु
    images
    काठमाडौं । अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ । आइतबार राति १ बजेतिर घर पहिरोमा पुरिँदा हरिकला विष्ट, विरेन्द्र विष्ट र संविधान विष्टको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।घाईते ६५ वर्षीया नैना विष्टलाई उद्धार गरेर अस्पताल लगिएकाे छ । पहिरोमा पुरिएर केही चौपाया पनि मरेका छन् ।   यसैबीच गृहमन्त्री बालकृष्ण खाँणले अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुमा आइतबार राति गएको पहिरो र त्यसले पुर्याएको क्षतिबारे जानकारी लिंदै आवश्यक पर्ने उद्धार र राहतको कार्यमा कुनै कसुर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । गृहमन्त्री खाणले अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीलाई टेलिफोन गरेर आवश्यक पर्ने सहयोगबारे मन्त्रालयमा जानकारी गराउन निर्देशन दिंदै घाइतेको यथाशीघ्र उपचार र तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार