शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

अर्थ मन्त्रालयको सीसीटीभी सम्बन्धी फरेन्सिक रिपोर्टको अध्ययन हुँदै, बैठक जारी

अर्थ मन्त्रालयको सीसीटीभी सम्बन्धी फरेन्सिक रिपोर्टको अध्ययन हुँदै, बैठक जारी

साझा पोष्ट
सोमबार, साउन ९ २०७९
  • images
    अर्थ मन्त्रालयको सीसीटीभी सम्बन्धी फरेन्सिक रिपोर्टको अध्ययन हुँदै, बैठक जारी
    images
    काठमाडौं । बजेट बनाउँदा 'अनधिकृत व्यक्ति संलग्न भएको' विषयमा छानबिन गर्दै आएको संसदीय विशेष समितिमा प्रहरीबाट प्राप्त अर्थ मन्त्रालयको सीसीटीभी सम्बन्धी फरेन्सिक रिपोर्टबारे अध्ययन भैरहेको छ । सिंहदरबारमा अहिले समितिको बैठक चलिरहेको छ र फरेन्सिक रिपोर्टको सिल खोलेर अध्ययन भइरहेको छ ।नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाले अर्थ मन्त्रालयको सीसीटीभी फुटेज रिकभर सम्बन्धी रिपोर्ट समितिलाई बुझाएको थियो । यसअघि मन्त्रालयले सीसीटीभी फुटेज १३ दिनसम्म मात्र कायम रहने र त्यसपछि डिलिट हुने भन्दै त्यो दिनको फुटेज डिलिट भइसकेको जनाएको थियो । त्यसपछि संसदीय समितिले  फुटेज रिकभरका लागि प्रहरीको सहयोग मागेको थियो । साथै सिंहदरबारको गेटकै सीसीटीभी फुटेज पनि समितिले मगाएको थियो । आर्थिक वर्ष २०७९\८० को बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करको दर हेरफेर गरेको तत्कालीन मन्त्री जनार्दन शर्मामाथि आरोप छ । र, यो विषयमा छानबिन गर्न असार २२ गते ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन भएको थियो । त्यही दिन अर्थमन्त्री पदबाट शर्माले राजीनामा दिएका थिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार