बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

वडाध्यक्षले पाएको मतका आधारमा नेपाली कांग्रेस पहिलाे, एमाले भन्दा झण्डै डेढ लाख मतले अघि (कसको मत कति सूचिसहित)

वडाध्यक्षले पाएको मतका आधारमा नेपाली कांग्रेस पहिलाे, एमाले भन्दा झण्डै डेढ लाख मतले अघि (कसको मत कति सूचिसहित)

साझा पोष्ट
मंगलबार, साउन १० २०७९
  • images
    वडाध्यक्षले पाएको मतका आधारमा नेपाली कांग्रेस पहिलाे,  एमाले भन्दा झण्डै डेढ लाख मतले अघि (कसको मत कति सूचिसहित)
    images
    काठमाडौं । स्थानीय तह निर्वाचनमा देशभरका वडाध्यक्षले पाएको मतका आधारमा नेपाली कांग्रेस पहिलो पार्टी भएको छ । नेकपा एमालेभन्दा नेपाली कांग्रेस करिब एक लाख मतले अघि छ ।   निर्वाचन आयोगले मंगलवार सार्वजनिक गरेको आधिकारिक मत विवरण अनुसार नेपाली कांग्रेसले वडाध्यक्षको मतका आधारमा ३९ लाख ५६ हजार १९३ मत पाएको छ । त्यस्तै नेकपा एमालेले वडामा पाएको मत ३८ लाख ११ हजार ६०२ मत छ ।  नेपाली कांग्रेसले ३४.२८ र एमालेले ३३.० ३ प्रतिशत मत पाएको छ । माओवादी केन्द्रले १५ लाख ३ हजार २४७ मत पाएको छ । यो १३ .०३ प्रतिशत हो । चौथो स्थानमा रहेको जसपाले वडाध्यक्षतर्फ ६ लाख ८८ हजार ३८० मत पाएको छ भने नेकपा एसले ४ लाख २२ हजार ७३७ मत वडामा पाएको छ । छैटौँ स्थानमा रहेको राप्रपाले ३ लाख ६४ हजार १६० मत पाएको छ । सातौँ स्थानमा रहेको लोसपाले २ लाख ४४ हजार ८८८ मत पाएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार