मंगलबार, वैशाख ११ गते २०८१
Logo
मंगलबार, वैशाख ११ गते २०८१

विप्लवले लेखेको गीत ‘भोग्नलाई त सुख अनेकौं छन्’ सार्वजनिक (गीत सहित)

विप्लवले लेखेको गीत ‘भोग्नलाई त सुख अनेकौं छन्’ सार्वजनिक (गीत सहित)

साझा पोष्ट
आइतबार, साउन १५ २०७९
  • images
    विप्लवले लेखेको गीत ‘भोग्नलाई त सुख अनेकौं छन्’ सार्वजनिक  (गीत सहित)
    images
    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले रचना गरेको गीतको अडियो सार्वजनिक भएको छ । ‘भोग्नलाई त’ शिर्षक दिएको गीतलाई विप्लवले लेखेका हुन् । गीतले भौतिक सुख सयल भन्दा संघर्षको सुख प्रिय लाग्ने भाव बोकेको छ । गीतमा योगेश काजी र शारदा रसाइलीले आवाज दिएका छन् भने चिरन पुनले संगित भरेका छन् । विप्लवले लेखेको गितका शब्द यस्ता छन् : भोग्नलाई त सुख अनेकौं छ्न जिवनमा भोग्ने संघर्षको सुख प्रीयलाग्छ मलाई जहाजमा उड्नु गाडिमा गुड्नु साथिभाई सङ्ग रसरङ्गमा डुब्नु सबै सबै सुखनै हुन न्यायको लागि जोखिममा खेल्नु सत्यको लागि बिपत्ति झेल्नु संघर्षको सुख प्रीय लाग्छ भोग्नलाई त सुख अनेकौं छ्न जिवनमा भोग्ने संघर्षको सुख प्रीयलाग्छ मलाई   उन्मादी बिलास रमझममा भुल्नु प्रीयतम प्रीयतमा अङ्गालोमा झुल्नु यी सारा सबै सुखनै हुन मुक्तिको लागि आगोमा कुद्नु लक्ष्यको लागि हुरिमा उड्नु संघर्षको सुख प्रीय लाग्छ भोग्नलाई त सुख अनेकौं छ्न क्रान्तिमा भोग्ने संघर्षको सुख प्रीयलाग्छ मलाई भोग्नलाई त सुख अनेकौं छ्न जिवनमा भोग्ने संघर्षको सुख प्रीयलाग्छ मलाई ।   गीतको अडियो : https://www.youtube.com/watch?v=PFFoMxrgIxY

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार