बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

नेपालबाट गत आर्थिक वर्ष झण्डै नौ करोड रुपैयाँको अगरबत्ती निर्यात

नेपालबाट गत आर्थिक वर्ष झण्डै नौ करोड रुपैयाँको अगरबत्ती निर्यात

साझा पोष्ट
सोमबार, साउन १६ २०७९
  • images
    नेपालबाट गत आर्थिक वर्ष झण्डै नौ करोड रुपैयाँको अगरबत्ती निर्यात
    images
    कामाडौं । नेपालबाट गत आर्थिक वर्षमा ८ करोड ९३ लाख रुपैयाँको अगरबत्ती निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्क अनुसार नेपालबाट झण्डै नौ करोड रुपैयाँ बराबरको १६ लाख ३५ हजार किलोग्राम अगरबत्ती निर्यात भएको हो । नेपालबाट विश्वका ५० वटा देशमा अगरबत्ती निर्यात हुने गरेको छ । जसमध्ये, अष्ट्रेलिया, अष्ट्रिया, भुटान, भारत, दक्षिण कोरिया, मलेसिया, थाइल्याण्ड, टर्की, अमेरिका, बेलायत, संयुक्त अरब इमिरेट्स, युरोपियन मुलुक लगायतमा समेत पठाईने गरेको छ । अमेरिकामा २ करोड ४० लाख रुपैयाँको अगरबत्ती निर्यात हुँदा ताइवानमा ७७ लाख रुपैयाँको र स्पेनमा ६८ लाख रुपैयाँको अगरबत्ती निर्यात भएको छ । यस्तै, रसियामा ३० लाख, पोल्याण्डमा १५ लाखको र जर्मनीमा ५५ लाख रुपैयाँको अगरबत्ती निर्यात भएको तथ्याङ्क उल्लेख छ ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार